३४ वटा आपराधिक घटनाको सूची आयोः रक्षामन्त्री

३४ वटा आपराधिक घटनाको सूची आयोः रक्षामन्त्री

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, ३ मंसिर ।
रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

रक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा अवरोध खडा गर्नेलगायत आपराधिक गतिविधि हुन नदिन सरकार गम्भीर रहेको बताउँदै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

बम, बारुदी पासो विष्फोटजस्ता ३४ वटा आपराधिक घटनाको सूचना आफूलाई गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी दिँदै उहाँले देशमा आतंक मच्चाउनेविरुद्ध सरकार सचेत र गम्भीर रहेको बताउनुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले चुनाव प्रचारमा रहेका नेतालाई तारो बनाएर गरिएका आक्रमणलाई मुुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृङ्खल क्रियाकलापको संज्ञा दिँदै उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ