चुनावका लागि तीन दिन सीमा बन्द हुने

चुनावका लागि तीन दिन सीमा बन्द हुने

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

३ मंसिर, भैरहवा ।

आसन्न निर्वाचनलाई लक्षीत गरी भारतसँग जोडिएका जिल्लाहरुमा सिमा क्षेत्र ३ दिनका लागी बन्द गरिने भएको छ । अगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अघि रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका बन्द गर्न लागीएको हो ।
मंसिर १९, २० र २१ गतेसम्म बन्द हुने भएको छ ।

त्यस्तै भारतको उत्तर प्रदेशमा मंसिर १३ गते हुने स्थानीय तह निर्वा्चिन अघि पनि तीनै जिल्लाका सीमा नाका मंसिर १२ र १३ गतेका लागि बन्द गर्ने सहमति भएको रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।
नेपाल भारतको दुवै देशका नागिरकता लिएका व्यक्तिहरु उपर निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारवाही गर्ने, खुल्ला सीमाका कारण निर्वाचनको समयमा हातहतियारको ओसारपसार हुन सक्ने सम्भावना रहेका कारण नाकामा कडाइका साथ चेकजाँज गर्ने, नाकाबाट हुने लागूपदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने निर्णय भएको छ ।

त्यस्तै निर्वाचनलाई लक्षित गरी सीमाबाट हुने अपराध नियन्त्रणका लागि सीमामा दुवै देशको सुरक्षाहरुकर्मीको ज्वाइन्ट पेट्रोलिङ, सूचना आदानप्रदान गर्ने लगायतको निर्णयसमेत भएको साहयक प्रजिअ रेग्मीले जानकारी दिनुभएको छ ।
सीमा बन्द भएको अवस्थामा घटना हेरेर आपतकालीन अवस्थामा रहेका व्यक्ति, विरामी, विदेशी पर्यटकहरुलाई आवातजावतमा रोक नलगाइने उहाले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ