देशभर भएको बम आक्रमणमा ९ जना घाईते , ३ को अवस्था गम्भिर : हेर्नुस् , शनिवार दिनभरी कहाँ कहाँ बम विस्फोट भए ?

देशभर भएको बम आक्रमणमा ९ जना घाईते , ३ को अवस्था गम्भिर : हेर्नुस् , शनिवार दिनभरी कहाँ कहाँ बम विस्फोट भए ?

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौ २ मंसिर ।
निर्वाचन नजिकिसँगै दैनिक जसो उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोटका घटनाहरुमा बढ्दै गएको छ । आज लमजुङ , तनहुँ , ओखलढुङगा , भोजपुर , रौतहटमा आज पनि बम बिस्फोट भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक आज बम विस्फोट भएको छ । विस्पोटमा परी ८ जना घाइते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको जनाईएको छ ।

चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धन ५ नम्बर वडा भेला सम्पन्न भएर कार्यकर्ताहरु खाजा खान हलबाट जादै गर्दा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले लगाएतका रहेका छन ् । घाइते सीता र जैविक राई आमा छोरा रहेको वताइएको छ ।

बम विस्फोटमा परी घाइते भएका गोपाल बिक र यमुना काफ्लेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार र अरु घाइतेलाई उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

विस्फोट भएको बम कुन हो भन्ने सम्बन्धमा छानबिन भइरहेको र विस्फोटको जिम्मा कसैले पनि नलिएको प्रहरीले जानकारी दिएको छ ।

यस्त्ै भोजपुरमा आज अज्ञात समुहले राखेको बम पड्कदा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका कोट गाउापार्टी सचिव ३३ बर्षीय विक्रम राई बम पड्कदा गम्भीर घाइते भएका छन् ।

षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलमा सदरमुकाम भोजपुर आउादै गर्दा षडानन्द–८ भिरथाप्लामा राखिएको बम पड्किएको प्रहरीले जनाएको छ ।
बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ ।
बम प्रहारबाट घाइते भएका राई अचेत अवस्थामा रहेको र उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला पार्टी कार्यालयका सचिव शरणकुमार राईले जानकारी दिनुभयो ।
घटनाका बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक गीतनारायण चौधरीले बताउनुभयो ।

आज ओखलढुङ्गामा वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन गएका कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिस्फोट भएको छ ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । बिस्फोटका कारण सवारी साधनमा सामान्य क्षति भएको छ । घटना कसले गरेको भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।

वाम गठबन्धनको चुनावी सभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा तनहुँमा बम प्रहार भएको छ । गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडामा उहाँ सवार गाडीमा वम प्रहार भएको हो ।
मानवीय क्षति नभएपनि बमको छर्रा लागेर पौडेलको गाडीमा भने क्षति पुगेको छ । बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै स्कर्टिङ गरिरहेको गाडीमा रहेका एकजना प्रहरी घाइते भएका छन् ।
नेता पौडेल भने गाडीको अगाडिको सिटमा बस्नु भएको थियो ।
गाडीमा चालकसहित ८ जना सवार थिए । प्रहरीका अनुसार, पौडेल सवार गाडीमा प्रेसर कुकर बम प्रहार भएको हो ।
यसअघि नेता पौडेल, लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नयाँ शक्तिका बाबुराम भट्टराई र कांग्रेस महामन्त्री शशांक कोइरालाले सम्बोधन गनुभएको थियो ।

यसैगरी लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा आज बिहान कित्ली बम फेला परेको छ । मर्स्याङ्दी पारी बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिक उतm वम फेला परेको थियो ।

चाउचाउको कार्टुनभित्र कित्लीजस्तो देखिने वस्तु देखिएपछि स्थानिएवासीले प्रहरीमा खबर गरेको र विहान साढे १० बजेतिर नेपाली सेनाले निष्क्रिय गरेको जानकारी दिएको छ ।

सेनाका अनुसार कित्लिभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखि बनाइएको बमलाई २ पटकको प्रयासमा निष्क्रिय पार्न सफल भएको हो ।

बिहान करीब ७ बजेतिर फोहरसँगै उक्त बम कांग्रेस पार्टी कार्यालयबाट करीब ५० मिटरको दुरीमा रहेको वताईएको छ । उक्त क्षेत्र वरपर अन्य सरकारी कार्यालय पनि रहेको र अन्य ठाउँमा पनि बम राखेको हुनसक्ने भन्दै नेपालि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य तिब् पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ