संघर्ष कालदेखि देखि राजनैतिक यात्रामा लोकप्रिय नेता हितमान शाक्य

संघर्ष कालदेखि देखि राजनैतिक यात्रामा लोकप्रिय नेता हितमान शाक्य

स्थायी बासिन्दा बनेका शाक्यलाई कुनै ‘टुरिष्ट’ उम्मेदवार होइन, उहाँ त हाम्रै नातादार पो रहेछ भने

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

मंसिर २ ,काठमाडौँ /

‘भूमिगतकालमा यतै बसेर राजनीति गर्नुभएका र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अर्थशास्त्रमा एमए गर्नुभएका उही हितमान पो रहेछ भनेर मतदाताहरु खुशी भए ‘
साझा वाम गठबन्धनबाट प्रतिनिसभाको लागि काठमाडांै क्षेत्र नम्बर १० का प्रत्यक्ष उम्मेदवार हितमान शाक्य, उक्त क्षेत्रबाट प्रदेशसभा (क)का प्रत्यक्ष उम्मेदवार दिलिप महर्जनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ७, इटागोल (यतुगः)का स्थानीय जनताले गोलाकारभित्रका हँसिया र हथौडा चिन्हमा छाप लगाई दुबै उम्मेदवारलाई अत्याधिक मतले विजय गराउने भएका छन् ।
पाँचसयजना मतदाता रहेको उक्त स्थानका अधिकांश मतदाता वामपन्थी रहेका किल्लाको रुपमा रहेको इटागोलका मतदाताहरुले जनताको लागि आफ्नो ज्यान पनि वलिदान दिएर जेल नेल खाएका उम्मेदवार हितमान शाक्य र दिलिप महर्जनलाई जिताउन कम्मर कसेर लाग्ने बताएका छन् ।
राती साढे सातबजे बोलाइएको कोणसभा केही प्राविधिक कारणबश साढे आठ बजे शुरु भए पनि चिसो मौसममा वामपन्थी उम्मेदवार शाक्यलाई भेट्न मतदाताहरु आतुर भएका थिए । मतदाताहरु रातको दशबजेसम्म उम्मेदवारहरुको हृदयात्मक भाषण सुनिरहेका थिए ।
उम्मेदवार शाक्य आउनुबित्तिकै मतदाताहरुले भूमिगतकालमा यतै बसेर राजनीति गर्नुभएका र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अर्थशास्त्रमा एमए गर्नुभएका उही हितमान पो रहेछ भनेर मतदाताहरु खुशी भए ।
काठमाडांैको कीर्तिपुरलाई माओवादीको रोल्पासँग तुलना गरिन्थ्यो भने रोल्पाको थवाङको रुपमा इटागोललाई माओवादी नेता तथा कार्यकर्ताहरुले आफ्नो अति गोप्य कार्यक्रमहरु र गतिविधि गर्ने गरेका थिए ।
यस टोलमा जनयुद्ध शुरु भएपछि वि.सं २०५४ सालमा एकहप्तासम्म भूमिगत रुपमा स्थानीय कार्यकर्ता अर्जुन महर्जनको घरमा माओवादीको केन्द्रीय समितिको बैठकसमेत भएको थियो ।
सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शिर्षस्थ नेताहरुको जमघट भएको थियो । उक्त स्थानमा ती बैठक भएको स्थानीय जनता र विभिन्न राजनीतिक पार्टीका स्थानीय नेता कार्यकर्ताहरुलाई थाहा भए पनि सुरक्षाफौजलाई सुर्इंको समेत दिएको थिएन ।
महान् जनयुद्धको माध्यमबाट राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाको लागि लड्न चाहने नेता कार्यकर्ताको सुरक्षा दिन स्वय्म स्थानीय बासिन्दाले सहयोग गरेका थिए ।
यस्तो इतिहास रहेको स्थानमा पुनः वामपन्थी गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि र प्रदेशसभाको लागि सोही विरासत बोकेका शाक्य र महर्जनलाई जुनसकुै हालतमा जिताउनुपर्छ भन्ने विचार स्थानीय मतदाताहरुमा विकसित भएको छ ।
त्यसो त महर्जनलाई पाँगाका स्थानीय दिलिप महर्जनलाई आफ्नौ आँखाभरी नभिज्ने गरी कैद गरेका स्थानीय मतदाताहरुले आफ्नो थातथलोलाई खोज्दै कीर्तिपुरको पश्चिमस्थित ऐतिहासिक रुपमा सम्पन्न हुने सातगाउँले गात्रा (बखु मद जात्रा) को मुख्य केन्द्र चन्द्रागिरी नगरपालिकाको तीनथाना नजिक रहेको विष्णुदेवीस्थान (बखु)मै स्थायी रुपमा बसोबास गर्न बाग्लुङमा जन्मेर पनि कर्मथलो र मृत्यपर्यन्तसम्म सोही क्षेत्रमा स्थायी बासिन्दा बनेका शाक्यलाई कुनै ‘टुरिष्ट’ उम्मेदवार होइन, उहाँ त हाम्रै नातादार पो रहेछ भनेर मतदाताहरु हर्ष विभोर बने ।
समयको सदुपयोग गर्न गठबन्धनका नेतृत्वहरुसँग समय मिलाएर अचानक राखिएको उम्मेदवार परिचयात्मक तथा मतदाता भेटघाट कार्यक्रममा वडा नम्बर सातका वडा अध्यक्ष नेकपा (एमाले)का नेता राजकुमार माली, सोही वडाका वडा सदस्य तथा एमाले नेता प्रकाश महर्जन, सोही वडाका वडा सदस्य तथा नेपाली काँग्रेसका स्थानीय नेता राजकुमार महर्जन र सोही वडाका स्थानीयको रुपमा रहनुभएका वडा नम्बर ८ का वडा सदस्य तथा नेकपा (माअ‍ेवादी केन्द्र)का स्थानीय नेता राजेश महर्जनले दुबै उम्मेदवारहरलाई आफ्नो समर्थनसहित वधाई दिनुभएको थियो ।
भेलामा स्थानीय गैरनेवार (नेवारी) भाषा बुझ्नेले नेवारीमै बोल्न अनुरोध गरेका थिए । उहाँले नेवारीमै बोलिरहँदा बाग्लुङको नेवारीभाषाका शब्द आउने भएकाले स्थानीय बृद्धा राममाया महर्जनले हाम्रो भोट तपाईंलाई अवश्य आउँछ, तपार्ईलाई यहाँको भाषा बोल्न गा¥हो छ भने नेपालीमा बोल्नुभए पनि हुन्छ भनेर अनुमति दिनुभयो ।
तर उहाँले म यँही नागरिक भएको नाताले यँहीको भाषा, कला, संस्कृति, रहनसहनमा बस्नुपर्छ भन्ने मान्यता रहेकाले नेवारीमै बोल्छु भनेर वाम गठबन्धन किन बन्यो, किन आवश्यक छ, पार्टी एकता, स्थायी सरकार, समृद्ध नेपाल, विकासित क्षेत्र नम्बर १०, आफ्नो योजना, कार्यक्रमहरुलाई सविस्तार मतदाताहरु माझ राख्नुभयो ।
मतदाताहरु माझनै उहाँले साझा गठबन्धनको घोषणापत्रसँगै आफनो प्रतिबद्धतापत्र पहिलोपटक सार्वजनिक गर्नुभयो । प्रतिबद्धतापत्रसँगै उहाँले म यँहीको स्थानीय बासिन्दा भएको नाताले आफू अन्यत्र जन्मे पनि यही क्षेत्रमा मर्ने भएकाले तपार्इंहरुको हरेक सुखदुःखमा साथ दिने, सँगै हास्ने, सँगै रुने र जुनसुकै समस्याको समाधानको लागि अहोरत्र खट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गएको महाभूकम्पको बेला भूकम्प पीडितहरुको घाउमा मलम लगाउन पार्टीकै तर्फबाट भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउने अभियानमा माओवादी नेता मोहन वैद्यसँग उहाँ इटागोलमा आएर जनश्रमदान गर्नुभएको थियो । उक्त अभियान सोही टोलबाट शुरु भएको थियो ।
त्यसैगरी, प्रदेश ‘क’ उम्मेदवार दिलिप महर्जनले समग्र कीर्तिपुर, फर्पिङ, चन्द्रागिरीको समस्याको विषयमा समाधान गर्ने विषयमा आफ्नो धारणा राख्नुभयो ।
उहाँले सोही क्षेत्रका बुद्धिजीवि इन्द्रकुमार महर्जनसँग सल्लाह गरेर जनयुद्धको महान् यात्रामा लागेको, स्थानीय नेता अर्जुन महर्जनले खेलेको भूमिकाको साथै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष राजकुमार मालीले साझा गठबन्धनका उम्मेदवारहरु हितमान शाक्य र दिलिम महर्जनलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
भेलामा स्थानीय बुद्धिजीवी केशबबहादुर नकर्मी, समाजसेवी अर्जुन महर्जन, इन्द्रकुमार महर्जन, साहित्यकार तथा उपन्यासकार सागर मणि थापा, समाजसेवी मचाभाई मालाकालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ