पूर्वअर्थमन्त्री महत भन्छन् : बम बिस्फोट नेकपाले हैन ,माकेको योजनामा भएको छ

पूर्वअर्थमन्त्री महत भन्छन् : बम बिस्फोट नेकपाले हैन ,माकेको योजनामा भएको छ

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

१ मंसिर,नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस नेता डा. रामशरण महतले आफू सवार टोलीको गाडीलाई एम्बुसमा पार्ने काम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नगरेको बताएका छन् ।

चुनाव प्रचारका लागि गाडी लस्करसहित गाउँ घुम्ने क्रममा शुक्रबार बिहान ककनी गाउँपालिका-५ डाँडागाउँस्थित जंगलबीचको कच्ची सडकमा प्रेसर कुकर बम विस्फोट भएको र सो विस्फोटमा महतपछिको एउटा गाडी परेको थियो । विस्फोटबाट मानवीय हाताहाती नभएपछि तीन जना गम्भीर घाइते भएका छन् । विस्फोटबाट बा १६ च ६६५ नम्बरकाे जीप ध्वस्त भएको छ । सविन लामा, उपेन्द मिश्र, एसके तामाङ, लिला घर्ती, रामबहादुर राईलगायत ६ जना कार्यकर्ता घाइते भएका छन् ।

सरकारले विस्फोटका घटनाको दोषी चुनावी खारेज अभियान चलाइरहेको नेकपामाथि लगाइरहेको बेला ककनी विस्फोट नेकपाले नभई उनका चुनावी प्रतिस्पर्धी माओवादी केन्द्र (माके)का उम्मेदवार हितबहादुर तामाङको योजनामा भएको बताए । आफूले जित्ने देखेर आत्तिएर माओवादी केन्द्रको केन्द्रीय योजनामै ज्यान लिने उद्देश्यले बम आक्रमण गरिएको प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन् । गोली प्रहार र बम विस्फोटका घटना नेकपाले गर्दै आइरहेको तथ्य आफूले अहिलेसम्म नपाएको संचारमाध्यमलाई डा. महतले बताए ।

कुनै किसिमको आक्रमणबाट आफू विचलित नभएको र बरु सहनुभूतिको मत थपिने दाबी गर्दै अब माकेका उम्मेदवारको हार निश्चित भएको जिकिर डा. मतहले गरे । तर महतले घटनाको दोष माकेका उम्मेदवारमाथि थोपरेर चुनाव जित्ने दिवस्वप्न देखेको माकेका एक नेताले प्रतिक्रिया दिए । चुनाव मिति नजिकिँदै जाँदा चुनावमा सहभागी दलहरुबीच मतभेद गहिरिँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ