ललितपुरमा राणा भर्सेज पूर्व डिआइजी सिलवाल : कस्ले मार्ला बाजी ? 

ललितपुरमा राणा भर्सेज पूर्व डिआइजी सिलवाल : कस्ले मार्ला बाजी ? 

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ललितपुर, १ मंसिर ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट नवराज सिलवालबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुबै उम्मेदवार जनताका घर–दैलोमा पुगेर मत माग्न व्यस्त रहेको दृश्य जो कोहिले सजिलै देख्न सकिन्छ ।

युवा नेताको अग्रपंक्तिमा परिचित राणा काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षको कार्यभारसमेत सम्हालीसक्नु भएको छ ।

शालिन तथा नम्र भाषाका धनी राणाले आफ्नो विजय सुनिश्चित भएको उल्लेख गर्दै जनमानसबाट लोकतान्त्रिक गठबन्धनको साथ पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जसरी काँग्रेसको पक्षमा जनताले साथ दिएर विजयी गराउनुभएको थियो त्यसरी नै मंसिरमा हुन लागेको चुनावमा लोकतान्त्रिक गठबन्धनले साथ पाउनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

नेता राणाले लोकतान्त्रिक संविधान काँग्रेसकै नेतृत्वमा निर्माण भएको र चुनाव सम्पन्न भएपछि देशले आर्थिक समृद्धिको गति लिनेछ भन्दै लोकतान्त्रिक शक्तिको विजयले मात्र देशमा विकास र समृद्धि हुनसक्ने दाबी गर्नुभयो ।

बहुचर्चित कान्तिलोकपथ सडक निर्माण तीव्र गतिले हुनुमा काँग्रेसको नेतृत्वमा भएको र त्यसले प्रत्यक्ष रुपमा राष्ट्र विकासमा थप टेवा पुगेको बताउँदै उहाँले उक्त सडक काठमाडौंँबाट छोटो दुरीमा हेटाँैडासम्म पुग्ने सडकको रुपमा परिचित रहेको छ, सो सडक आगामी दुई वर्षभित्र सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी वाम गठबन्धनबाट मैदानमा उत्रनुभएका प्रहरीका प्रहरी पूर्व नायब महानिरीक्षक सिलवालले यस क्षेत्रको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रहरी सेवामा लामो अनुभव संगाल्नुभएका सिलवालले आर्थिक तथा सामाजिक रुपले जनतालाई सम्पन्न बनाउन आफू कटिबद्ध रहेको उल्लेख गर्दै मुलुकको आर्थिक संमृद्धि र स्थायीत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

गाउँमै रोजगारी सिर्जना गरेर विदेशिएका युवालाई रोक्नु आजको आवश्यकता भएको बताउँदै उहाँले भ्रष्टाचारमुक्त नेपाल र हरेक क्षेत्रलाई आर्थिक एव‌ सामाजिक रुपले पारदर्शी बनाउन आफू लागिपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रहरी सेवामा आफूले न्याय नपाए पनि जनताले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गर्दै सिलवालले जनताको घरआँगनमा मत माग्न आफू आएको बताउनुभयो ।

सो क्षेत्रमा एउटा गोदावरी नगरपालिका र वाग्मती, महांकाल तथा कोञ्ज्योसोम गरेर तीनवटा गाउँपालिका छन् ।

कूल ६५ हजार ९१८ मतदाता रहेका यस क्षेत्रमा पर्ने प्रदेश(क) मा ३२ हजार ८३२ र प्रदेश(ख) मा ३३ हजार ८६ मतदाता छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ