पूर्वअर्थमन्त्री डा.महतको गाडी एम्बुसमा पर्‍यो, पाँच जना घाइते

पूर्वअर्थमन्त्री डा.महतको गाडी एम्बुसमा पर्‍यो, पाँच जना घाइते

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

१ मंसिर,नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महत सावर गाडी एम्बुसमा परेको छ ।

नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सावर गाडी अज्ञात समुहले थापेको विधुतीय धरापमा परेको हो ।

एम्बुस विस्फोट हुँदा पाँचजना घाइते भएका छन् भने नेता महत सकुशल छन् । वम विस्फोट पछि स्थानीय त्रसित बनेका छन् भने उम्मेदवार माथि थप खतरा बढेको भन्दै काँग्रेस कार्यकर्ताहरु आत्तिएका छन् ।

घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।

नेता महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ