महरा , घर्ती र पुन चढेको गाडिमाथि बम प्रहार , पुनमाथिको बम आक्रमण तेस्रो पटक

महरा , घर्ती र पुन चढेको गाडिमाथि बम प्रहार , पुनमाथिको बम आक्रमण तेस्रो पटक

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 

काठमाडौ १ मंसिर ।
उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा , निवर्तमान सभामुख ओनसरी घर्ती र बर्षमान पुन लगायतका नेताहरु सवार गाडीमाथि रोल्पामा बम प्रहार भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न रोल्पा सदरमुकाम लिवाङ जाँदै गरेका महरा र पुनसहितको चुनावी प्रचार टोलीमाथि रोल्पा लिवाङको भदौरे मन्दिर नजिकैको जंगलमा बम प्रहार भएको हो । महरा , घर्ती र पुन छुट्टाछुट्टै गाडिमा सभार रहेको प्रहरीले जनाएको छ ।

पुनसहितको चुनावी अभियान टोलीलाई बम आक्रमण गरिएको यो तेस्रोपटक हो । घटनास्थल लिवाङदेखि करीब ५ किलोमीटर मात्रै टाढा छ भने नेपाली सेनाको ब्यारेक देखि ३ किलोमीटर टाढा रहेको छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिकाको भदौरे मन्दिरदेखि पूर्वमा रहेको खोल्सामा बम प्रहार गरिएको हो। बम प्रहारबाट मानवीय एवं भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
उम्मेदवारको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार गरेका थिए । लगत्तै प्रहरीले फायरिङपनि गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्न र सुरक्षा व्यवस्था गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनु भयो ।

हिजो बिहीबार पनि सिचाइ राज्य मन्त्री अमरसिङ्ह पुन सवार गाडीलाई लक्षित गरी घोडागाउमा बम प्रहार गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ