रवीन्द्र मिश्रको जित कति सुनिश्चित ? यसरी गर्दैछन् काग्रेसको वर्चश्वमाथि प्रहार

रवीन्द्र मिश्रको जित कति सुनिश्चित ? यसरी गर्दैछन् काग्रेसको वर्चश्वमाथि प्रहार

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१ मंसिर,काठमाडौँ । बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाएका रवीन्द्र मिश्र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्दै छन् ।

उनी ठूला पार्टीहरुको वर्चस्वको बीचमा आफूलाई उभ्याई आफ्नो स्थान बनाउन प्रयासरत छन् ।

एउटा पूर्वपत्रकारले राजनीतिका कुशल खेलाडीसँग कसरी प्रतिस्पर्धा गर्न सक्ला भन्ने आशंकाकाबीच आफ्नो अभियानमा बढिरहेका विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पत्रकार मिश्र आफ्नो चुनाव प्रचारका क्रममा बुद्वनगरमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

ठूला दलको जस्तो तामझाम नभए पनि माइकिङ गर्दै आफ्नो घोषणापत्र बाँडिरहँदा मिश्रले जनतालाई आफू निर्वाचित भए देशको हालको अवस्थामा आमूल परिवर्तन गरी सुशासन र समृद्वि ल्याउने, भ्रष्टाचार हटाउने र नेपाली युवा विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने आश्वस्त बाँड्दै छन् ।
बुद्वनगरमा प्रचारक्रममै एक वृद्धसित भेट हुँदा ती वृद्धले देशको अवस्था जर्जर भएको, विगत २५ वर्षमा देशलाई धराशायी बनाइएको, भ्रष्टाचार व्याप्त भएको र देश धेरै पछि परेको कुरा व्यक्त गर्दै भने,तपाईंहरु अगाडि आउनुप¥यो, तपाईं युवाले परिवर्तन ल्याउनु प¥यो भन्दै उनी आफँै भावुक भई रुन थाले । उनले भने, मिश्र अचम्भित भई उनको विचारका लागि धन्यवाद दिँदै त्यसैका लागि आफू लागि परेकाे बताए ।

६६ वर्षिय नीलाम्बर तिमिल्सिना एक दिन पशुपति जाँदा विदेशबाट ल्याइएका युवाको चारवटा शव देखेका रहेछन् । त्यहाँ पनि उनी भावुक भई रोएका रहेछन् । उनी त एक सम्पन्न व्यक्ति नै हुन् र अरूको दुःख देखेर रोएकोे, तर आफैँ त्यस्तो दुःख भोगिरहेका नेपालीको अवस्था कस्तो होला ? उनले भने,“ती ऋण काढेर विदेश गएर बाकसमा घर फर्केका युवाको घरपरिवार कस्तो होला ? आमाबावु र जहान छोराछोरीलाई कस्तो पीडा होला ?”

सुदूरपश्चिम क्षेत्रका चर्चित लोक कलाकार यज्ञराज उपाध्याय देशको धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बताए । उनले भने, “विदेशीहरु यहाँका मठमन्दिर र धर्म संस्कृति हेर्न आउँछन् । हाम्रो पहिचान भनेकै त्यही हो, त्यो जोगाउनुपर्छ ।”

यसै सन्दर्भमा क्षेत्र नं १ का मुख्य समस्या के देख्नुभएको छ भनी प्रश्न गर्दा उम्मेदवार मिश्रले भने,“क्षेत्र नं १ मात्र भन्दा पनि समग्र काठमाडौँ र देशकै लागि आफूले काम गर्ने र यस क्षेत्रमा खुला क्षेत्रको संरक्षण, पार्कहरुको निर्माण, फोहरमैला व्यवस्थापन तथा सुकुम्वासी समस्या व्यवस्थापन गर्नुपर्ने भएकाले यिनै कुरामा ध्यान दिनेछु ।”

यस क्षेत्रमा आफूले जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ र जित्ने आधार के देख्नुहुन्छ ? भन्ने जिज्ञासा राख्दा मिश्रले भने,आफू यस क्षेत्र आसपास चावहिल महाँकाल क्षेत्रमा जन्मी हुर्केको मानिस भएकाले यस क्षेत्रको समस्यासित परिचित रहेको र यस क्षेत्रमा तुलनात्मक रुपमा शिक्षित, चेतनशील नागरिक बस्ने हुँदा उहाँहरुले हामीजस्ता इमान भएका प्रतिबद्व मानिस राजनीतिमा आइदिऊन् भन्ने चाहना भएकाले र मैले लेखेका, बोलेका कुराहरु र मेरा परोपकारी, गतिविधिहरुसँग परिचित भएकाले आफूले नै मत पाई विजयी हुने बताए ।

हामी हाम्रै पालामा देशको रुपान्तरणका लागि प्रयासरत रहेको र यहाँ लामो समयदेखि आफूसित भावनात्मकरुपमा जोडिएका शुभेच्छुकहरु भएकाले पनि आफूले जित्ने दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ