काठमाडौ ,१ मंसिर ।
नेपाली कांग्रेसका नेता डा. रामशरण महत र रमेशकुमार महतलाई लक्षित गरि आज विहान नुवाकोटमा बम बिस्फोट भएको छ ।
नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण र प्रदेश नं २ का उम्मेदवार रमेशकुमारलाई लक्षित गर्दै बम विस्फोट गराइएको बताइएको छ ।
नुवाकोटको चतुरालेमा आयोजित चुनावि सभालाई संबोधन गर्न काठमाडौंबाट त्यस जाँदै गर्दा डाडागाउँ शिकारी चौरमा महतद्धय सहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको हो ।
बम आक्रमणबाट ५ जना कांग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल रहेको बताइएको छ । बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राई लगायत घाइते भएका छन् ।
उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडांै ल्याइएको छ ।
उम्मेदवार महतद्वय चढेको बा १४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा १६ च ६६५ नं गाडीमा बम लागेको थियो ।
विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।