महरा भन्छन् : एमाले र माअेवादी एउटै लाग्न थाल्याे , हाम्रो प्रेमलाई कसैले विछोडमा पुर्याउन सक्दैन

महरा भन्छन् : एमाले र माअेवादी एउटै लाग्न थाल्याे , हाम्रो प्रेमलाई कसैले विछोडमा पुर्याउन सक्दैन

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

घोराही । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेकपा एमालेसँगकाे प्रेमलाई कसैले विछोडमा पुर्याउन नसक्ने बताएका छन् ।

माओवादी केन्द्र र एमालेको घोराही १४ मा वडास्तरीय संयुक्त चुनावी सम्पर्क कार्यालय उदघाटन गर्दै महराले भने ,‘माओवादी केन्द्र र एमालेको अहिले डिप्ली लभ परेको छ, अब हामी चाँडै विहे गरेर एउटै घरमा बस्छौं,’।

महराले भने, ‘प्रत्यक्ष तर्फ हामीले तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका छौं, अझै बिहे भइनसकेकाले समानुपातिकमा भने आ–आफ्ना चिन्हमा चुनाव लडेका हौं ।’

‘हामीले एक अर्काको मन बुझिसकेका छौं, अब हाम्रो प्रेमलाई कसैले विछोडमा पुर्याउन सक्दैन,’ महराले भने, ‘आजभोलि मलाई एमालेका कार्यकर्ताहरु पनि आफ्नै लाग्न थालेको छ, शंकर पोख्रेलजीलाई पनि माओवादीका कार्यकर्ताहरु आफ्नै लाग्न थालेको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ