दिपक शर्मा /सल्यान ।
सल्यानमा बामगठबन्धन भित्रै विवाद चुलिएको छ । आसन्न मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकालगि वामगठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबिचनै अहिले विवाद देखिन थालेको छ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवार बनेका विना विभागिय मन्त्री टेक बहादुर बस्नेतले प्रदेश सभा क्षेत्र न (क)बाट एमालेका उम्मेदवार गुलावजंग शाहलाई हराउन भित्रि रुपमा लागेको भन्दै एमालेले असन्तुष्टि जनाएपछि बामगठन्धनभित्र विवाद चुलिएको हो ।
विवाद चुलिएसँगै बिहिवार कुमाख मालिका गाउँपालिकामा हुने भनिएको प्रशिक्षण कार्यक्रम समेत स्थगित भएको छ ।
माओवादी केन्द्रका उम्मेदवार टेक बहादुर बस्नेतले केही समय अघि सामजिक सञ्जाल मार्फत नै सल्यानका दुवै निर्वाचन क्षेत्र एमालेलाई दिएकोमा असन्तुष्टि जनाउदै विज्ञप्ती नै निकालेका थिए । बाहिर बामगठबन्धनका कुरा गर्ने तर भित्रि रुपमा एमालेलाई हराउने अभियानमा टेक बहादुर लागेको नाम नबताउने शर्तमा एक एमाले नेताले बताए । उनका अनुसार टेक बहादुरको पछि लागेर गल्ति गरिए छ उनको पछि कोही माओवादी कार्यकर्ता रहेनन छन् धेरै गाउँपालिकामा सयूक्त रुपमा कार्यक्रम गरियो तर माओवादीका कार्यकर्ता निकै कम मात्रामा सहभागि रहेको पाइएको छ । माओवादी कार्यकर्ता किन आएनन भन्ने बुझ्दा अहिले थाहा भो एक त टेक बहादुरलाई कसैले नेता मान्दो रहेननछन् अर्को अलि अलि भएका नेताकार्यकर्तालाई पनि एमालेलाई भोट नहाल्नु भन्दो रहेछन् । अनि कसरी हुन्छ बाम एकता ?
हिजो बिहिबार शसस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य पक्षबाट मारिएका परिवारहरुले आफ्ना आफन्तका हत्यारालाई भोट हाल्न नसकिने बताउदै एमालेको झन्डा च्याथेर फालिदिएका थिए ।
सबै घटनालाई मध्यनजर गर्दा सल्यानमा बाम गठबन्धनको औचित्य सकिएको एमालेवृत्त चर्चा हुन थालेको छ ।
उता माओवादी केन्द्र सल्यानले टेक बहादुर बस्नेतकै निर्देशन अनुरुप नै वागी उठाएकाले कारवाही फुकावा गर्न माओवादी पार्टी केन्द्रलाई आग्रह गरेको छ । बागी पनि उठाउन लगाउने कारवाहीको लागि पनि सिफारिस गरेर बस्नेतले द्धैद्ध चरित्र देखाएको माओवादी केन्द्र सल्यानका संयोजक कर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।