यीनै हुन् प्रभाकरमाथि जुत्ता प्रहार गर्ने सहिद परिवारकी निर्मला , वाइसिएलले गर्याे लछारपछार गर्दै निर्घात कुटपिट

यीनै हुन् प्रभाकरमाथि जुत्ता प्रहार गर्ने सहिद परिवारकी निर्मला , वाइसिएलले गर्याे लछारपछार गर्दै निर्घात कुटपिट

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

रुकुम । नेकपा माओवादी केन्द्रका नेता तथा रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन् ।

चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा अायोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्‍काले नेता प्रभाकरमाथि अाफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन् ।विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले  विहीबार अपरान्ह बाफिकोट गाउँपालिकाको नेटामा अाफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ ।

जनयुद्धमा सुराकी गर्ने एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि वाइसिएल कार्यकर्ताहरले निर्घात कुटपिट गरेका छन् ।  चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई माओवादी केन्द्र निकट वाइसिएलले निर्घात कुटपिट गरेका छन् ।

वाइसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमामा राखेको बताइएकाे छ  ।  रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत जिल्लाका शहिद परिवारलाई फर्केर नहेर्ने तर चुनावको बेला मात्रै गाउँ-गाउँ पुगेर भाषण छाट्ने निहथत्थामाथि कुटपिट गर्ने भन्दै स्थानीय अात्रफाेशी भएका छन्र ।

बाफिकोट जनयुद्धकालमा जिल्लाकै सबै भन्दा बढी शहिद भएको गाउँपालिकामा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ