सुनसरी ,३० कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टीका सुनसरीका पुराना कम्युनिष्ट नेता ईन्द्बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । बराहा नगरपालीका स्थित नहडास्थित आफ्नै घरबाट राईलाई नियन्त्रणमा लिएको जनाईएको छ ।
बिरामि भएर घरमा बसिरहेका उनलाई कोहि नभएको अवस्थामा हिजो नै पक्राउ गरिएको भएपनि आफुहरुलाई आज मात्रै जानकारी भएको पारिवारिक श्रोतले जनाएको छ ।
छालाको गम्भिर प्रकारको एलर्जि भएका राईले अस्वस्थताकै कारण केहि समयअघि देखि नै पार्टीको सांगठनिक काम नगरि घरमै बस्दै आएका थिए ।
चिकित्सकले उनलाई एलर्जि बढेको जटिलता बढने भन्दै आराम गर्न सुझाएकाले घरमै बस्ने गरेको जनाईएको छ । प्रहरीले भने निर्वाचन बिरोधि गतिबिधि गर्न सक्ने भन्दै पार्टी संगठनको काममा नै संलग्न नभएर उपचारकै क्रममा घरमा बसिरहेका राईलाई बिना कारण पक्राउ गरेको हो ।
उता नेपाल कम्युनिष्ट पार्टी सुनसरीले बिरामि भएर सांगठनिक काममा केहि समय अघि देखि नै संलग्न नरहेका नेता राईलाई पक्राउ गरेको प्रति गम्भिर आपति जनाएको छ ।
नेकपा सुनसरीले बिरामि ब्यात्तिलाई पक्राउ गर्दै दुख दिने काम बन्द गर्न चेतावनी दिदै तुरुन्त रिहा गर्न माग गरेको छ ।
सुनसरीबाट हालसम्म प्रहरीले इन्द्रबहादुर राई, जयकुमार राई, रोशन ढकाल , लक्ष्मण कार्की र रामप्रसाद राईलाई पक्राउ गरेको छ ।