चितवन, कात्तिक ३०।
चितवनमा आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएका १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचिमा राखिएको छ ।
जिल्लाका १६१ स्थलका ४०८ मतदानकेन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेना रहने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
जिल्लामा सुरक्षा सर्तकता उच्च पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा नेपाल प्रहरीको मात्रै तीन हजार २९६ परिचालन हुने समितिले जनाएको छ । म्यादीको संख्या एक हजार ७१० रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline