एमालेसँग मिलेर आफ्नै पार्टीका नेतालाई हराउन यस्तो योजना बनाएका थिए माओवादी नेता बस्नेतले

एमालेसँग मिलेर आफ्नै पार्टीका नेतालाई हराउन यस्तो योजना बनाएका थिए माओवादी नेता बस्नेतले

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

२९ कात्तिक,सल्यान । कुरा दोस्रो संविधान सभा निर्वाचनको हो । पार्टीभित्र घात र अन्तघात हुने नेपाली राजनीतिमा नयाँ होइन । अन्तरघात मात्रै होइन हत्या समेत भएको कुरा केही नेपाली राजनीतिकर्मीमाथि आरोप लाग्दै आएको छ ।

तर, सँगै लडेका,  सँगै मुक्ति र मृत्युको कसम खाएका, एउटाको रगत बगे अर्कोले सपना पूरा गर्ने वाचा गरेर जनयुद्ध लडेका नेताहरुले आफ्नै सहकर्मीलाई अर्को पार्टीसँग मिलेर चुनाव हराउने षड्यन्त्र गरेको सुन्दा कसैलाई विश्वास नलाग्न सक्छ । तर, माओवादी केन्द्रका नेता टेबहादुर बस्नेतले त्यस्तै गरेको खुलासा भएको छ ।

विना विभागीय मन्त्री समेत रहेका नेता बस्नेत एमाले–माओवादी केन्द्रको गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनको चुनावमा खटिरहेका बस्नेतका एक सहकर्मीले नेता बस्नेतले आफ्नै पार्टी अर्का नेता भीमप्रकाश शर्मालाई नेकपा एमालेसँग मिलेर हराउन रचिएको षड्यन्त्रको पर्दाफास गरे । शर्मालाई टिकट दिन नहुने, दिएपनि पनि २ नम्बरमा दिनुपर्ने पार्टी केन्द्रलाई बस्नेतले दवाव दिएका थिए । तुलनात्मक रुपमा २ नम्बर भन्दा १ नम्बर क्षेत्रमा माओवादीको पडक क्षेत्र हो । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा बस्नेत र २ मा शर्मालाई टिकट दियो ।

टिकट दिनबाट रोक्न नसकेपछि नेता बस्नेताले शर्मालाई हराउने योजना बनाउन जुटे । २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचन आउन केही समय मात्रै बाँकी थियो । बस्नेतले काठमाडौंस्थित अाफ्नै डेरामा अाफू निटकका केही नेताहरुलाई बोलाए । उनले शर्मालाई हराउनुको कारण र योजनाबारे ब्रिफिङ गरेका थिए । छलफलमा बस्नेतले शर्मालाई हराउनुपर्ने कारण र योजनाबारे बुँदागत रुपमा पेश गरे ।

यस्ता छन् कारण

  • माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकर निकट शर्माले जिते आफ्नो पार्टी केन्द्रसँगको सम्बन्ध असर पर्ने र आफूभन्दा पहिला मन्त्रीसँग हुन सक्ने ।
  •  टिकट लिँदा आफ्नो निर्वाचन क्षेत्र तोकेको । जसले आफूलाई हराउन लागेको षड्यन्त्र हुन सक्ने ।
  • टिकट लिँदा आफूलाई बाइपास गरेको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ