अमेरिकामा विद्यार्थी पठाउने देशको सूचीमा नेपाल तेह्रौं

अमेरिकामा विद्यार्थी पठाउने देशको सूचीमा नेपाल तेह्रौं

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

२९ कात्तिक, काठमाडौं ।

अमेरिकामा विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेह्रौँ स्थानमा परेको छ ।

अमेरिकी विदेश मन्त्रालयको सहयोगमा इन्टरनेसनल एजुकेसन एक्सचेन्जले गर्ने वार्षिक अध्ययन ‘ओपन डोर्स’को हालै सार्वजनिक भएको सन् २०१७को सारांश प्रतिवेदनमा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानाडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान र नाइजेरियापछि नेपाल रहेको उल्लेख रहेको छ ।

प्रतिवेदनका अनुसार अमेरिकामा ११ हजार ६०७ नेपाली विद्यार्थी छन जुन कुल अन्तर्रा्ष्ट्रिय विद्यार्थी सङ्ख्याको १.१ प्रतिशत हो ।

धेरै विद्यार्थी पठाउने २५ देशहरूको सूचीको अन्तिम स्थानमा दक्षिण एसियाकै अर्को देश बङ्गलादेश पनि परेको छ ।
यी २५ देशहरूमध्ये हरेक देशबाट कम्तीमा सात हजार विद्यार्थी अमेरिकामा अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच यो वर्ष नेपाली विद्यार्थीको आगमन दर २०.१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख रहेको र यो वृद्धिदर शीर्ष २५ देशहरूमध्येकै सबैभन्दा उच्च हो । त्यसपछि भारतीय विद्यार्थीको सङ्ख्यामा १२.३ प्रतिशतले वृद्धि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी