वाम गठबन्धनले आजदेखि संयुक्त चुनावी सभा गर्दै, प्रचण्ड र ओलीले सम्बोधन गर्ने

वाम गठबन्धनले आजदेखि संयुक्त चुनावी सभा गर्दै, प्रचण्ड र ओलीले सम्बोधन गर्ने

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, कात्तिक २९ ।
नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आज देखि संयुक्त रुपमा चुनावी सभा गर्दैछ । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गठबन्धनले १४ प्रमुख शहरमा चुनावी सभा गर्न लागेको हो ।

सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा सम्बोधन गर्ने तयारी भएको छ ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आज गोरखा र लमजुङका चुनावी सभामा ओली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने तयारी छ । पूर्वदेखि पश्चिम सम्मको महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उहाँहरुले सम्बोधन गर्नुहुनेछ ।

जसअनुसार ओली र प्रचण्डले आजै बागलुङ र स्याङ्जा हुँदै आगामी मंसिर २ गते दमक, ३ गते काँकडभिट्टा र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।

यस्तै सुदूर पश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाँदैहुनुहुन्छ । हिजो नेपालगन्ज पुग्नुभएका देउवा भोली गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ ।

त्यसपछि मंसिर १ गते दार्चुला र बैतडी, २ गते बझाङ्ग र बाजुरा त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ