नेकपाका नेता कार्यकर्तामाथिको धरपकड तिब्र : देशभरबाट दर्जन पक्राउ ,कुन कुन जिल्लाबाट पक्राउ परे ?

नेकपाका नेता कार्यकर्तामाथिको धरपकड तिब्र : देशभरबाट दर्जन पक्राउ ,कुन कुन जिल्लाबाट पक्राउ परे ?

  • मङ्लबार, कार्तिक २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ , २८ कार्तिक ।
चुनावलाई अस्वीकार गर्दै खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले धरपकट तिब्र बनाएको छ । प्रहरीले देशभरबाट नेकपाका नेता, कार्यकर्ताहरुको घर घरमा पुगेर खानतलासि गर्ने तथा नियन्त्रणमा लिने कार्य तिब्र पारेको हो ।
नेकपाका नेता कार्यकर्ता सहित समर्थहरुको घरमा समेत पुगेर खानतलासि गर्ने , पक्राउ गर्ने , मानसिक यादना दिने जस्ता कार्य गरेर दुख दिने गरेको पिडित परिवारले बताएका छन् ।
झापा , ताप्लेजुग , सुनसरी ,मोरग , पाल्पा , रोल्पा , कास्की , अर्घखाचि , प्युठान , लगायतका जिल्लाहरुबाट दर्जनाको सख्यामा नेताकार्यकर्ता पक्राउ गरिसकेको सो पार्टीले जनाएको छ ।
अहिलेसम्म नेकपाका केन्द्रिय सदस्य तथा मेचि ब्युरो ईन्चार्ज सुमन लिम्बु सहित ब्युरो तथा जिल्ला स्तरका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
उता शान्तिपुर्ण राजनितिक गतिबिधि गर्दा समेत पार्टी कार्यकर्तामाथि धरपकड र दमन गरेको भन्दै नेकपाले बिरोध गरेको छ । यस्तै आफ्नो पार्टी समर्थकहरुमाथि पनि अनावश्यक मानसिक यातना तथा धरपकपकटका जस्ता कार्य नगर्न पनि आग्रह गरेको छ ।
सरकारले भने आसन्न चुनाव बिथोल्न सक्ने भन्दै नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो ।
सो लगत्तै दुर्घटनामा परेर घाईते भएका बिरामिलाई पनि प्रहरीले अस्पतालको शैयाबाटै पक्राउ गरी लगेको छ । बिरामि भएर उपचार गराउन गएका बिरामिदेखि घरमा सुतिरहेका नेता कार्यकर्ताहरुलाई मध्यरातमा नै ओच्छ्यानबाटै उठाएर गिरफ्तार गरि हिरासतमा राखेको छ ।
नेकपाले अभियान अन्तरगत गाउँ गाउँ पुगेर जनतालाई मतदान नगर्न अपिल गर्ने , कोडसभा गर्ने, उम्मेदवारसँग भेटेर उम्मेदवारी फिर्ता गर्न आग्रह गर्ने लगायतका गतिबिधि गरिरहेको छ ।
नेकपाका नेता कार्यकर्ता यतिबेला शहर देखि गाउ गाउँ सहर सम्म चुनाव खारेजी अभियानलाई अनुकुलता अनुसार तिब्र पार्दै गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ