काठमाडौं, २८ कात्तिक । भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ ।
भोजपुर ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४-१५ जनाको समहूले राई सहित ४ जना वाम गठबन्धनका नेता चढेको गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । बम प्रहारबाट ल्यान्ड रोभर गाडीमा क्षती भएको बताइएकाे छ ।
बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। उम्मेदवार राई भने सकुशल छन्। अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
सुरक्षामा खटिएका असईले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन्। प्रहरीले उनको हातमा चोट लागेको बताएको छ।
उता
बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ ।
नेता नविन र चेताना केहि समय अघि मात्रै नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ । बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।