२८ कात्तिक,काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ नेकपा एमले र माओवादी केन्द्र कम्युनिस्ट पार्टी नभएको बताएका छन् । उनले एमाले र माकेको चुनावी गठबन्धनलाई दक्षिणपन्थी गठबन्धन भएको बताउँदै पश्चगमनतिरको यात्रा भएको बताए ।
एउटा रेडियोलाई अन्तरवार्ता दिँदै महासचिव वैद्यले भोटको लागि मात्र एमाले र माकेले कम्युनिस्ट साइनबोर्ड झुण्ड्याएको बताए ।
“नेपालमा धेरै जनता कम्युनिष्ट पक्षधर भएकाले तिनलाई प्रभावित पार्न कम्युनिष्टको साइनवोर्ड झुण्ड्याउनै पर्यो । कम्युनिष्टको साइन वोर्ड झुण्ड्याएन भने भोटै पाइदैन। उहाँहरु (केपी ओली र प्रचण्ड)ले साइनवोर्ड राख्नुभएको छ” वैद्यले भने ।
अध्यक्ष वैद्यले पुरानो संसदीय व्यवस्थालाई स्वीकार गरेरका कारण एमाले र माके कम्युनिस्ट नभएको ठोकुवा गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोनलको क्रान्तिकारी धाराको घर भत्काएर आँगनका खाल्डाखुल्डी पुर्न लागेको बताए ।