२६ कात्तिक,काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनाव अगाडि नै एकता हुने भएको छ । मतदातामा उत्साह ल्याउने उद्देश्यले पहिलो चरणको निर्वाचनको एक अगाडि अर्थात मंसिर ९ गते दुबै पार्टीबीच एकीकरण हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको प्रक्रिया अगाडि बढाउन दोस्रो पुस्ताका नेताहरुलाई जिम्मा दिइसकेको बताइन्छ । “चुनाव अगाडि नै पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छ । अहिले मंसिर ९ गतेको डेटलाइन तोकिएको छ” माओवादी केन्द्रका एक नेताले भने ।
चुनावको परिणाम आएपछि पार्टी एकता नहुन सक्छ भन्दै बढेको आशंकालाई पहिलो चरणको चुनाव अगाडि नै हटाउन हतारमा एकताको प्रयास भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline