कैलाली -५ मा अाजु र नारदमुनिबीच कडा टक्कर ! चुनाव जित्न घरै किनेकी अारजुले मार्लिन त बाजी ?

कैलाली -५ मा अाजु र नारदमुनिबीच कडा टक्कर ! चुनाव जित्न घरै किनेकी अारजुले मार्लिन त बाजी ?

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कैलाली, कात्तिक २६ । निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीमा कांग्रेस सभापति एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा उम्मेदवार बनेको क्षेत्र नम्बर ५ मा सबैको ध्यान तानिएको छ ।

जहाँ आरजु राणालाई सिंहदरवारको यात्रा रोक्न बाम गठबन्धनले एमाले नेता नारदमुनी रानालाई मैदानमा उतारेको छ ।

युवा व्यवसायी दिनेशराज भण्डारी त्यही विवेकशिल साझा पार्टीको तराजु बोकेर उत्रँदा प्रतिष्पर्धा रोचक बन्दैछ ।

२०७० को सविंधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवाले जितेको यही क्षेत्रबाट देउवा पत्नी राणा बिरासत जोगाउन उत्रंदा एमाले नेता राना विजयका साथ नयाँ इतिहास रच्न चाहन्छन् ।

यही चुनावी रस्साकस्सीले व्यापारिक केन्द्र मानिएको धनगढीको माहोल पनि तातेको छ ।

धनगढी उपमहानगरका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा वडा समेटेर निर्वाचन क्षेत्र बनाइएकाले पनि चुनावको मूख्य केन्द्र धनगढी नै बनेको छ ।

सुदूरपश्चिमको विकासमा काँग्रेस समर्पित रहेकाले आफ्नो जित कसैले रोक्न नसक्ने विश्वास राणाको छ ।

एमाले उम्मेदवार राना पनि मतदातालाई आफूतिर आकर्षित गर्न सकेसम्मका आश्वासन र प्रतिवद्धता बाँड्दै छन् । आफ्नो एजेण्डाले जनताको मन र निर्वाचन दुबै जित्ने दावी रानाको छ ।

कांग्रेसका राणा र एमालेका रानाको चुनावी एजेण्डा हेर्दा धेरै भिन्न देखिन्न ।

दुबैले विमानस्थल विस्तारदेखि सडक स्तरोन्नतीसम्मका विकास निर्माणको विषयलाई भोट माग्ने आधार बनाएका छन् ।

विवेकशील साझा पार्टी भने विकास निमार्णसँगै युवालक्षित कार्यक्रम बोकेर उत्रिएको दावी गर्दछ ।

४ लाख ६० हजार ५ सय ७८ मतदाता रहेको कैलालीको क्षेत्र नम्बर ५ मै बढी मतदाता छन् ।

यहाँका मतदाताले कस्लाई रुचाउने हो भन्ने यकिन हुन चाहिं मंसिर २१ कुर्नैपर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ