ताप्लेजुङ, २५ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवा कम्युनिष्टको बिरोध गरेर दैनिकि कटाउन थालेका छन् । एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएपछि प्रधानमन्त्री देउवालाई तनाव भएको छ । उनी चुनावी प्रचार भन्दा पनि वाम गठबन्धन , कम्युनिष्टको खैरो खन्नमा ब्यस्त छन् ।
चुनावी प्रचारका लागि जाने हेरक आमसभामा पुगेर वाम गठबन्धनको बिरोध तथा कम्युनिष्टले जनताका अधिकार खोस्छन् भन्ने प्रचारमा नै लाग्ने गरेका छन् । काग्रेसको चुनावी प्रचारसभामा उपस्थित पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अधिकाशं समय बिरोध मा नै खर्चने गरेका छन् ।
शनिवार पनि ताप्लेजुङ पुगेका देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाए ।
ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान शुरु गर्नुभएका देउवाले आज सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताए । उनले भने , कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने छ ।
प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ पनि कम्युनिष्टलाई पराजित गर्नुपर्ने विचार व्यक्त गरे ।
निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्ने बीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले भने – “जनता लोकतन्त्र विरोधी छैनन् त्यही भएर साम्यवाद उनीहरूको रोजाइमा पर्दैन, यसैले पनि काँग्रेसको जित सुनिश्चित छ ।”