२५ कात्तिक,काठमाडौँ । वरिष्ठ पत्रकार तथा लेखक प्रेम कैदीले कर्णाली क्षेत्र भाषा, संगीत, संस्कृतिको जन्म थालो भएको बताएका छन् ।
शनिबार काठमाडौँको संवाद डबलीमा ‘कर्णाली कला संस्कृति प्रतिस्ठान’ ले कर्णाली गुञ्जन कार्यक्रममा बोल्दै कैदीले कर्णालीको साहित्यलाई काठमाडौंले गरिव देख्ने गरेको बताए । उनले त्यसको विरुद्ध नयाँ पुस्ताले विद्रोह गर्नुपर्ने बताए ।
“भाषा, कला, संस्कृति र सिंगो मानव जातिको जन्म कर्णालीमै भयो तर काठमाडौँले सधै गरिव देख्दै आएको । यसको विरुद्ध नयाँ पुस्ताले विद्रोह गर्नुपर्छ” कैदीले भने । उनले ‘कर्णाली गुञ्जन’ त्यसविरुद्ध विद्रोह र आन्दोलन भएको महशुस भएको बताए ।

कर्णालीको इतिहासका जानकारी कैदीले कार्यक्रममा बोल्दै कर्णाली मानव जातिको वास्तविक पहिचान भएको बताउँदै त्यसको लागि नयाँ पुस्ताले अभियान जारी राख्नु पर्ने बताए ।

साहित्यकार तथा प्रतिस्ठानका अध्यक्ष संकल्प ‘निर्मोही’ले कर्णालीको कला, संस्कृतिको रक्षा गर्दै नयाँ कला, प्रतिभामा निखार ल्याउन ‘कर्णाली गुञ्जन’को सुरुवात गरिएको बताए । उनले यो अभियान भएको समेत बताए ।

कर्णाली गुञ्जनको तेस्रो श्रृंखलाकी अध्यक्ष देवकी तिमिल्सिनाले कर्णाली हरेक कुराले धनि भएको बताउँदै त्यसलाई बाहिर ल्याउन नसक्दा काठमाडौँको नजर फरक भएको बताइन् । उनले कर्णालीको कला संस्कृतिलाई संसरभर फैलाउनु पर्ने धारणा राख्दै कर्णाली सम्बन्धी कविता वाचन गरेकी थिइन् । त्यसैगरी प्रतिस्ठानका महासचिव प्रकाश बमले काठमाडौँमा कर्णालीका प्रतिभालाई प्रस्तुत गर्ने थलो खोज्दै जाने क्रममा ‘कर्णाली गुञ्जन’को जन्म हुन पुगेको बताए । नयाँ प्रतिभालाई बाहिर ल्याउने अभियन ‘कर्णाली गुञ्जन’ सुरु गरेको बताए ।

कार्यक्रममा कर्णालीका नयाँ स्रष्टाहरुले कविता, गीत, गजल प्रस्तुत गरेका थिए । दिपक महतारा, कमल क्षेत्री ‘कोपिला’, ओम भोलामान बोगटी, फगत नविन, सुशिला धिताल, पिदक उपाध्यय, राजेन्द्र घिमिरे, इरानी सुन्दरी भाम, ललित रोकाया, विष्णु थापा ‘विछोड’, उमेश योगी, पेश्कल विक्रम रावत, रमेश शाही, भुपेन्द्र पुलामीमगर, सुन्साङ, सुमन स्मारिका, प्रकाश थापा, शिवराज थापा, प्रकाश बमलगायतका स्रष्टाहरुले आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रमको संचलान प्रज्ज्वल पारखीले गरेका थिए भने स्वागत मन्तव्य प्रतिस्ठानका कोषाध्यक्ष दिपक अभिलाषीले गरेका थिए ।



