माओवादी नेता वर्षमान पुन चडेको गाडि बिद्युतिय धरापमा : दोहोरो फायरिङ , गाडिमा क्षती

माओवादी नेता वर्षमान पुन चडेको गाडि बिद्युतिय धरापमा : दोहोरो फायरिङ , गाडिमा क्षती

  • शनिबार, कार्तिक २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

रोल्पा, कात्तिक २५  ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता पुन जिल्लामा रहेका बेला उहाँको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो ।

पुनसहितको टोली ५ वटा गाडीमा संगै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको हो ।

बाटो छेउबाट अज्ञात समूहले उम्मेवार पुनलाई लक्षित गरी फायरिङ गरेका थियो । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेको थियो ।

विद्युतिय धराप बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र स्थिति सामान्य भइसकेको रोल्पाका उम्मदेवार वर्षमान पुनले जानकारी दिए । वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक म्मेदावार जयपुरी घर्ती पनि थिइन् ।

हिजो मात्रै रुकुममा माओवादी उम्मदेवार तथा विना विभागिय मन्त्री जनार्दन शर्मालाई लक्षित गरेर अज्ञात समुहले दुई वटा बम प्रहार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ