काठमाण्डौ , २५ कार्तिक ।
बहुदलीय ब्यबस्था स्थापना पछि ४८ साल मा भएको संसदीय निर्वाचन मा तात्कालिक एमालेका नेता अशोक राई धरानमा निकै लोकप्रिय थिए । धरान राई समुदायको प्रमुख बाहुल्यता रहेको छ । धरान उपमहानगरमा अहिले राइको जनसंख्या २८ हजार तीन सय रहेको छ ।
त्यो बेला धरानमा अशोक राई को खोजी निकै भयो । धेरैले उनलाई चुनाव धरानबाट चुनावमा उत्रिनु आग्रह गरे । तर पार्टी महासचिव मन मोहन अधिकारीले धरानमा लडने मनस्थिति राखे पछि अशोक राई खोटाङ पुगे र जिते पनि ।
धरानका पुराना उनका समर्थकहरु भन्छन् उ बेला धरानले अशोक , अशोक भन्दा उठेनन, अहिले आएछन, अब धरान पुरानो भइसक्यो ।
अहिले अशोक राई धरानको घर घरमा पुगेर पुरानो कुरा सम्झदै भोट मागी रहेका छन् ।
यो बेला ऊनी काङ्ग्रेसको समर्थनमा चुनाव लडदै छन् संघीय समाजबादी फोरमका तर्फबाट ।
बाम गठबन्धन को तर्फबाट उठेका एमाले उम्मेदवार जय राइको तुलनामा अशोक राई प्रभावशाली भएपनि संगठनका हिसाबले उनी कमजोर रहेकोले अशोक्को जीत सहज छैन ।
मतका हिसाबले एमाले माओवादी गठ बन्धन निकै अगाडि देखिन्छ । अब अशोक राइलाइ धरानको माया बाकी छ छैन मङ्सिर २१ सम्म कुर्नुपर्ने हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline