धनुषा निर्वाचन क्षेत्र नं ३ मा मतदाता तान्न निधि र महतोको होडबाजी ,कस्को सम्भावना कति ? 

धनुषा निर्वाचन क्षेत्र नं ३ मा मतदाता तान्न निधि र महतोको होडबाजी ,कस्को सम्भावना कति ? 

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

महेन्द्रनगर, धनुषा, २४ । धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यस क्षेत्रका प्रभावशाली नेता नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ । निर्वाचनका सन्मुख मतदातालाई फकाउन काँग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिनुभएको छ । बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचारप्रसारका कार्यक्रम चलिरहेको छ ।
दुवै नेताले जित आफ्नो पक्षमा पार्न आफ्नो क्षेत्र बाहेक अन्य कुनै क्षेत्रमा जानसकेका छैनन् । महतो प्रतिस्पर्धी नहुँदा निधिलाई त्यति गाह्रो थिएन तर उहाँको उम्मेदवारीले कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन् ।
धनुषा ३ मा मुस्लिम मतदाताको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यो मत तान्न पनि दुवै नेताको जोडतोड छ । यसअघिका चुनावमा धनुषा ३ बाट विमलेन्द्र निधिले लगातार दुई पटक र एक पटक धनुषा ४ बाट जित्नुभएको थियो । पछि ४ बाट कृष्णप्रताप मल्लसँग पराजित भएपछि उहाँले क्षेत्र परिवर्तन गर्नुभएको हो ।
पछिल्लो पटक सडक निर्माण कार्यमा निकै प्रशंसा बटुल्नु भएका उहाँलाई स्थानीयवासीले विकास पुरुषको रूपमा प्रचारप्रसार गरिरहे पनि परिस्थिति सहज छैन । पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय हुनुभएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसंग एक हजार ४९३ मतको मतान्तरले विजयी हुनुभएको थियो ।
यसपालिको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको छ । रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार मात्रै होइन जनताको प्रत्यक्ष राजनीतिमा समेत नौलो अनुहार बन्नुभएको छ । स्रोतका अनुसार रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको चर्चामा आएको छ ।
सर्लाही छोडडेर धनुषा आउनु भएका महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्या पारेको चर्चा सुनिन्छ ।  स्थानीयतहको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँच लाख ८८ हजार ८७२ मतमध्ये ३ को ‘क’ मा ३३ हजार ६६१, ३ को ‘ख’ मा २५ हजार ३११ मत खसेको थियो । उपमहानर प्रमुख र गाउँपालिका अध्यक्षमा राजपालाई ‘क’ मा ४३ सय ८० र ख मा ८७ सय ९२ गरी १३ हजार १७२ मत प्राप्त भएको थियो भने नेपाली काँग्रेसलाई ‘क’ मा १० हजार ९२८, ‘ख’ मा सात हजार तीन सय ८ मत गरी १८ हजार १३१ मत आएको थियो ।
यसैगरी एमालेको ‘क’ मा नौ हजार ९५९, ‘ख’ मा दुई हजार ६८४ गरी १२ हजार ६४३, संघीय समाजवादी फोरमको ‘क’ मा तीन हजार ११०, ‘ख’ मा ९९८ गरी चार हजार १०८, माओवादी केन्द्रलाई ‘क’ मा एक हजार ६६१, ख मा ७८१ गरी दुई हजार ४४२ मत प्राप्त भएको थियो ।

कार्यक्रममा आगामी निर्वाचनको पर्यवेक्षणका लागि आयोगबाट अनुमति प्राप्त गरेका विभिन्न २७ संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । समापनको अवसरमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन पर्यवेक्षकलाई जिम्मेवारीका साथ बिना पूर्वाग्रह स्वतन्त्र भूमिकामा रहेर पर्यवेक्षण गर्न सुझाव दिनुभयो ।
निर्वाचन पर्यवेक्षण कानून, पर्यवेक्षण गर्दा ध्यान पु¥याउनुपर्ने विषय, निर्वाचन सुरक्षाबारेमा समेत जानकारी दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ