२४ कात्तिक, रुकुम ।
विनाविभागीय मन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी अज्ञात समुहले दुई वटा बम प्रहार गरेको छ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ गोइरीमा आज विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको जनाकारी दिईएको छ ।
रूकुमको चौरजहारीबाट उम्मेदवार शर्मासहित प्रचार टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो ।
अज्ञात समुहले शर्मा चढेको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार गरीयाको वताइएको छ ।
यता एमाले र माओवादी, पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरू राजकुमार शर्मा र शेरबहादुर केसीले विज्ञिप्त प्रकाशित गरी सराजनीतिक स्थायित्व र समृद्धि बिरोधीहरूले अक्रमण गरेको बताएको छ ।
उम्मेदवार शर्मा वाम एकताको पहलकर्ता समेत रहेकोले सुरक्षा थ्रेट बढिरहेको भन्दै उनीहरूले घटनाको निन्दा गरेका छन् । साथै उनीहरूले कार्यकर्ताहरूलाई उम्मेदवारको सुरक्षा र चुनावी प्रचारमा सक्रिए रहन आग्रह समेत गरेका छन् ।