काठमाडौं, २४ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार निरङ्कुशरुपमा प्रस्तुत हुन थालेको ठोकुवा गर्नुभएको छ ।
उहाँले मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु (सुमन)लाई प्रहरीले अस्पतालको शैयाबाटै गिरफ्तार गरेपछि दलाल संसदीय व्यवस्था सम्हालिरहेको सरकार लोकतन्त्र र मानव अधिकारको ढोल पिट्दै निरङ्कुश रुपमा प्रस्तुत हुन थालेको बताउनु भयो ।
उहाँले संसदीय व्यवस्थाको अन्त गरी वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प प्रस्तुत गर्नु नेपाली जनताको मौलिक अधिकार भएको बताएका छन । साथै उहाँले सन्तकुमार लिम्बुलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग समेत गरेका छन ।
प्रहरीले हिजो बिहिवार साझ मात्रै मोरङ र सुनसरीबाट ६ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । सुमन सहित जिल्ला सदस्य तथा ईनरुवा नगरपालीकाको सेक्रेटरी लक्षमण कार्की र युवाका जिल्ला अध्यक्ष रोशन ढकाल ,नेकपाको केन्द्रयि जलश्रोत तथ उर्जा विभागका सदस्य रामप्रसाद किरातिलाई प्रहरीले पक्राउ गरेको थियो ।
