२४ कात्तिक,रोल्पा । रोल्पा पुगेका सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहाइको माग गरेका छन् ।
प्रहरीले लिबाङ बजारबाट गिरफ्तार गरेका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, सेक्रेटरी सन्तोष सुवेदीलगायतका नेताहरुको मन्त्री पुनले रिहाईको माग गरेका हुन् ।
बुधबार जागृतीलाई लिवाङ र सेक्रेटरी सुवेदीलाई सुवर्णाबती गाउँपालिकाको मिझिङबाट प्रहरीले गिरफ्तार गरको थियो ।
संविधानले सबै नागरिकलाई शान्तिपूर्ण रुपमा समाजमा राजनीति गर्ने र घुमफिर गर्ने अधिकार दिएको बताउँदै मन्त्री पुनले गिरफ्तारीप्रति आपत्ती जनाए । उनले यथासीघ्र रिहाइकालागि प्रहरी प्रशासनलाई मेरो निर्देशन समेत दिए ।
‘कसैले समाजमा हिंसात्मक गतिविधिमा गर्छ वा दुर्व्यवहार गर्छ भने त्यस्ता व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आफ्नो पनि सकारात्मक साथ र सहायोग रहनेछ । तर शान्तिपूर्ण राजनीति गर्नेलाई पक्राउ गर्नु मानवअधिकार विरोधी कार्य भएको हुँदा यसरी नेकपाका कार्यकर्ता पक्राउ गर्नु निन्दनीय छ र यसप्रति मेरो घोर आपत्ती रहेको छ’ राज्यमन्त्री पुनले भने ।
यस्ता गिरफ्तारीले निर्वाचनलाई शान्तिपूर्ण नबनाउने दाबी समेत मन्त्री पुनले गर ।