दुर्घटनाका गम्भिर घाइते नेकपा नेताको अस्पताकै वेडबाट गर्यो प्रहरीले पक्राउ

दुर्घटनाका गम्भिर घाइते नेकपा नेताको अस्पताकै वेडबाट गर्यो प्रहरीले पक्राउ

  • बिहिबार, कार्तिक २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

विराटनगर , २३ कार्तिक ।
सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता सहित समर्थकलाईपनि पक्राउ गर्न निर्देशन दिएलगत्तै प्रहरी बिरामि तथा अशक्तलाई पनि क्रमैसँग पक्राउ गर्न थालेको छ ।
प्रहरीले बिहिवार साझ दुर्घटनामा परी गम्भिर घाईते भएका नेकपा मेची ब्युरोका ईन्चार्ज सुमन लिम्बुलाई अस्पतालको बेडबाट पक्राउ गरेको छ ।
एक साता अघि मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका ईन्चार्ज सुब्बाको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सुब्बाको दुर्घटनामा परी टाउकोमा गम्भिर चोट लागेको छ ।
यसअघि आजै नियमित स्वास्थ्य परिक्षणका लागी सोहि अस्पतालमा गएका कोशी ब्युरो सदस्य जितेन्द्र महरा (महाविर) र विकाश थापालाई पनि अस्पतालभित्रैबाट पक्राउ गरेको थियो ।
यसैबीच नेकपाले दुर्घनाका घाईते सुब्बाको उपचारकै क्रममा अस्पतालको बेडबाट नै पक्राउ गरेको भन्दै बिरोध जनाएको । अपहरणको शैलीमा सुब्बाको गिरफ्तार गरेको भन्दै नेकपाले तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।उनलाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ