२३ कात्तिक,काठमाडौँ । निर्वाचन आचारसंहितामा मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नपाइने बताइएको छ । तर, उम्मेदवार आफैले पैसा बाँडेको फोटोहरु भाइरल भएका छन् ।
नेकपा एमाले डोटीका उम्मेदवार प्रेम आलेमगरले मतदातालाई पैसा बाँडेको चर्चा सेलाउन नपाउँदै काँग्रेस उम्मेदवारले पैसा बाडेका छन् ।
धादिङको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट उम्मेदवार बनेको मधु कुमार श्रेष्ठले मतदातालाई पैसा बाड्दै गरेको तस्विर सार्वजनिक भएको छ । उनले आफुलाई भोट दिन अनुरोध गर्दै मतदातालाई पैसा बाँडीरहेको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
तस्विरमा उनले हातमा केही कार्डसहित बोकेको र संगैका एक बृद्धले खाम समातिरहेको देखिएको छ ।
स्रोतका अनुसार उनले छत्रेदेउराली आसपासमा सर्वसाधरणलाई चुनावमा भोट हाल्न भन्दै पैसा बाँडेका हुन ।
श्रेष्ठ पहिलोपटक यस क्षेत्रमा उम्मेद्धार बनेका हुन । यसै क्षेत्रमा राष्ट्रिय स्तरको पहिचान बनाईसकेका पुर्वमन्त्री तथा एमालेका केन्द्रिय नेता राजेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन ।