दल तथा उम्मेदवारले भोट किन्न आर्थिक लेनदेन गर्दैछन् : यादव

दल तथा उम्मेदवारले भोट किन्न आर्थिक लेनदेन गर्दैछन् : यादव

  • बिहिबार, कार्तिक २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २३ कात्तिक ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी हुनेमा आशंका ब्यक्त गर्नुभएको छ ।

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन नजिकिएपनि अझै सम्म मतदाता शिक्षा सुरु नहुन तथा अत्यन्त शुन्य समय भएकाले मतदाता शिक्षा प्रभावकारी हुन नसक्ने प्रमुख आयुक्त यादबको भनाई छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा आयोगले आज आयोजना गरेको मुख्य सचिव र सचिवसँगको छलफलमा उहाँले मतदाता तथा उम्मेदवारबीच अदृश्यरुपमा भईरहेको लेनदेन रोकेर आचारसंहित पालना गराउनु आयोगको मुख्य चुनौति रहेको पनि बताउनु भयो ।

उहाँले मतदातालाई प्रभावित पार्न दल तथा उम्मेदवारले अदिृश्यरुपमा आर्थिक चलखेल भईरहेको खबरहरु आएको भन्दै यसलाई असफल बनाएर निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु आयोगको मुख्य काम रहेको यादवको धारणा थियो ।

प्रमुख निर्वाचन आयुक्त यादबले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन सामग्री पुगिसकेपनि मतदान केन्द्रमा पुर्याउन भने चुनौति भईरहेको बताउनु भयो ।
मतदान पछि मतपेटिकालाई सुरक्षीत रुपमा निर्वाचन अधिकृतको कार्यलयमा पुर्याउन र दोस्रो चरणको निर्वाचन सम्म सुरक्षीत रुपमा राख्न पनि चुनौति रहेको उहाँले बताउनु भयो ।

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल तुल्याउन सरकारका तर्फबाट हरदम सहयोग, सद्भाव र प्रतिबद्धता रहनुपर्नेमा जोड दिनुभयो

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आगामी निर्वाचनलाई ध्यानमा राखेर सरकारले सवारीसाधन, टेलिफोन, विद्युत्, एम्बुलेन्स, हेलिकोप्टर नियमित र सुव्यवस्थित गर्न तथा आममतदाता, कर्मचारी र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताउनु भयो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले समग्र निर्वाचन प्रक्रिया र निर्वाचनका लागि भइरहेको तयारीका विविध पक्षबारे जानकारी दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ