नेपालमा पञ्चायत फाल्दा देउवा लण्डनमा पाउरोटीमा जाम राखेर खाँदै थिए : ओली

नेपालमा पञ्चायत फाल्दा देउवा लण्डनमा पाउरोटीमा जाम राखेर खाँदै थिए : ओली

  • बिहिबार, कार्तिक २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ , २६ कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्दै एमालेले लोकतन्त्र संघर्षद्वारा प्राप्त गरेको जिकिर गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रतिपक्षी (एमाले) दललाई सिध्याउने घोषणा गरेकोप्रति कटाक्ष गर्दै ओलीले लोकतन्त्र एमालेले बम्पर उपहारमा नपाएको जवाफ दिनुभएको हो ।

राजधानीको चाबहिलमा आयोजित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पञ्चायतको अन्त्य गरेर प्रजातन्त्रको पुनस्थापना गर्दै राजतन्त्रको समाप्त गर्न एमालेले ठूलो संघर्ष गरेको बताउनु भयो ।

लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष एमालेको रगत पसिनामा भएको बताउदै ओलीले आफुहरुलाई कसैले लोकतन्त्रको पाठ सिकाउनु नपर्ने बताउनु भयो ।

प्रजातन्त्र पुर्नस्थापना, पञ्चायतको अन्त्य गर्दै राजतन्त्रको समाप्त गर्न एमालेले ठूलो संघर्ष गरेको तर, त्यो देउवाले नदेखेको भन्दै ओलीले भने, ‘उहाँले बुझ्नुपर्छ लोकतन्त्र हाम्रालागि बम्पर पुरस्कार होइन, कठिन सघर्षबाट आर्जन गरेको व्यवस्था हो ।’

ओलीले फेरि थपे, ‘हामीले पञ्चायत फाल्दा उहाँ लण्डनमा पाउरोटीमा जाम राखेर खाँदै हुनुहुन्थ्यो । लोकतन्त्र हामीलाई कसैले किस्तीमा सजाएर दिएको होइन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ