मेराे जित हाेस् या हार , जनताकाे घरदैलाेमा सधै पुग्नेछु :झलनाथ खनाल

मेराे जित हाेस् या हार , जनताकाे घरदैलाेमा सधै पुग्नेछु :झलनाथ खनाल

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२२ कात्तिक,काठमाडौं ।  । नेकपा एमाले बरिष्ठ नेता एवम बाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले देश र राष्ट्रिय हितको लागी बाम गठबन्धन अपरिहार्य भएको बताए । उनले मुलुक समृद्धिको लागी बाम गठबन्धनको बिकल्प नभएको समेत बताए ।

माइ नगरपालिकामा आयोजित नगर स्तरिय संयुक्त बाम भेलामा बोल्दै खनालले राष्ट्रिय हितका मुख्य ५ वटा एजेन्डाको लागी बाम गठबन्धन गरिएको बताए । उनले भने ‘भारतले सिमा मिचेको अवस्थामा सिमा रक्षाको लागी, लोकतन्त्र जोगाउने एक मात्र शक्ति बामपन्थीहरु भएकाले, आर्थिक रुपान्तरणको लागी, नेपाली संस्कृती जोगाउनको लागी र अन्तराष्ट्रियले हेर्ने समानताको लागी बाम गठबन्धन’ ।

खनालले बाम गठबन्धनको उदेश्य सर्वोपरी समाजवादको अन्तिम लक्ष्यमा पुग्नका लागी भएकाले बामशक्तिहरुले अव नेपाललाई समृद्धिको शिखरमा पुर्याउनेमा विश्वस्त रहेको बताए ।त्यसै गरी इलाम क्षेत्र नं १ को २ का उम्मेदवार काजीमान कागतेले बाम गठबन्धन समयको माग भएकाले विकास र समृद्धिको लागी बाम गठबन्धन गरिएको बताए । उनले जनमतबाट आफुले जिते पनि नजिते पनि जनताको घरदैलौमा आफु जानेमा विश्वस्त रहन आग्रह गरे ।

निर्वाचन परिचालन समिती संयोजक चित्रकला बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, जिल्ला स्तरिय संयुक्त निर्वाचन परिचालन समिती सदस्य छविराज राई, माओवादी केन्द्र सचिवालय सदस्य प्रविन तिम्सिना, ध्रुव श्रेष्ठले मन्तव्य राखेका थिए । माओवादी नेता श्रीमान राई पवनले स्वागत गरेको कार्यक्रमको संचालन माओवादी केन्द्र माइ नगर संयोजक धनकुमार लिम्बुले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ