छैठाै पटक उम्मेदवार बनेका देउवालार्इ सहज छैन चुनाव जित्‍न !

छैठाै पटक उम्मेदवार बनेका देउवालार्इ सहज छैन चुनाव जित्‍न !

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

डडेलधुरा ,२२ कार्तिक ।  छैटौं पटक सम्म डडेल्धुराबाटै उम्मेदवार बनेका प्रधानमन्त्री शेरबहादुर देउवालाइ यसपटक चुनाब जित्न त्यति सहज छैन । डडेलधुराबाट लगातार पाँचपटक निर्वाचन जितेका कांग्रेस सभापतिसमेत रहेका देउवा छैटौं पटक उम्मेदवार बनेका हुन्। देउवासँग प्रतिनिधिसभा सदस्यका लागि तेस्रो पटक माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टसहित पाँच जनाले प्रतिस्पर्धा गर्दै छन्। भट्ट यसपटक एमालेसँगको गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका हुन्।

स्वतन्त्रबाट लगातार चुनाव लड्दै आएका कर्णसिंह रावल चौथो पटक चुनावी मैदानमा छन्। ६ उम्मेदवारमध्ये रावल मात्र स्वतन्त्र उम्मेदवार हुन्। गृहजिल्लामा देउवाको कामप्रति असन्तुष्टि जनाउँदै चुनावमा उठ्दै आएको उनको भनाइ छ। उनले हरेक निर्वाचनमा ५०-६० भन्दा बढी मत ल्याउन सकेका छैनन्। तर, देउवालाई हराइछाड्ने धोको रहेको उनले बताए।

देउवासँग पटक-पटक हार बेहोर्दै आएका जनमोर्चाका लालबहादुर जाग्री पनि यसपटक प्रतिस्पर्धामा छन्। नेपाल दलित पार्टीबाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट पनि उम्मेदवार छन्। डडेलधुरामा प्रतिनिधिसभा सदस्यमा ६ जना उम्मेदवार रहे पनि कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ।

वाम गठबन्धनका कारण आफ्नो जित निश्चित रहेको भट्टको दाबी छ। यसअघि उनी दुवै सविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए। पहिलो निर्वाचनमा उनी करिब १५ सय र दोस्रोमा १२ हजारभन्दा बढी मतको फरकमा पराजित भए। आसन्न निर्वाचनमा भने १० हजारभन्दा बढी मतको फरकमा आफूले जित्ने उनको दाबी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ