काग्रेसले ८० सिट सहित बहुमत ल्याउने खाँडको दाबी , भन्छन् लेखेर राखौ चुनावपछि जवाफ दिन्छु

काग्रेसले ८० सिट सहित बहुमत ल्याउने खाँडको दाबी , भन्छन् लेखेर राखौ चुनावपछि जवाफ दिन्छु

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले आसन्न निर्वाचनमा सबैले सोचेको भन्दा पृथक परिणाम ल्याएर कांग्रेसले पूर्ण बहुमतका साथ विजय प्राप्त गर्ने दाबी गरेका छन् ।

एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि कांग्रेस कमजोर हुने विश्लेषण भइरहेका बेला खाँडले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आसन्न चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका हुन् ।

नयाँ पुस्ताको साथ र प्रजातन्त्रका लागि समर्पित पुस्ताको निर्देशनमा कांग्रेसले युवाहरुलाई देशभर परिचालन गर्ने र चुनाव जित्ने उनको दाबी छ ।

नेता खाँडले अघि भने, ‘आजको मिति सम्झना गर्नुस्, मेरो आवाज रेकर्ड गर्नुस् र चुनाव सकिएपछि बहुमत आएन भने म त्यसको जवाफ दिन्छु ।’

उनले भने, कुनै ज्योतिषी हिसावले भनेको होइन । हाम्रो प्रतिवेदनका आधारमा भनेको हो । हाम्रो डेडिकेसनका आधारमा भनेको हो ।’

खाँडले प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसले जित्ने सिटको अनुमानित आँकडा पनि प्रस्तुत गरे ।

उनका अनुसार कांग्रेसले प्रतिनिधिसभाको १६५ मध्ये १५४ सिटमा उम्मेदवारी दिएको छ । स्थानीय तहको पपुलर भोटमा एमाले करिव १२ हजारले अगाडि रहे पनि समानुपातिकतर्फ कांग्रेसकै धेरै मत पाउने उनले बताए ।

भागवण्डाका कारण एमाले र माओवादीले सबै ठाउँमा उम्मेदवारी नै नदिएकाले समानुपातिक भोट घट्ने भन्दै नेता खाँडले अघि भने, ‘समानुपातिकमा कांग्रेसले कम्तिमा ४५ प्रतिशत भोट ल्याउँछ । प्रत्यक्षतर्फ १५४ को ५५ प्रतिशत जित्यौं भने पनि ८० बढी जित्दा सहज बहुमत ल्याउँछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ