तरकारीको मूल्यले राख्यो अहिलेसम्म कै नयाँ रेकर्ड , मूल्य नियन्त्रणबाहिर (मूल्य सूचिसहित)

तरकारीको मूल्यले राख्यो अहिलेसम्म कै नयाँ रेकर्ड , मूल्य नियन्त्रणबाहिर (मूल्य सूचिसहित)

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

२२ कात्तिक,काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो ।

अहिले अधिकांश तरकारी किलोेको सय रुपैयाँ घटीमा पाइन छाडेको छ । कालिमाटी बजारमै मूल्य उच्च भएपछि खुद्रा बजारमा मूल्य अनियन्त्रित बनेको छ ।

अहिले बजारमा स्याउ भन्दा गोलभेँडा महंगो भएको छ । कालिमाटी बजारमा गोलभेँडाको खुद्रा मूल्य किलोको १२० रुपैयाँ पुगेको छ । खुद्रामा एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।

सेतो आलुको मूल्य किलोको ७० रुपैयाँ रहेको कालीमाटी बजारमा काउलीको मूल्य ११० रुपैयाँ पुगेको छ । कालिमाटीमा बोडी र मटरकोशा किलोको १३० रुपैयाँ पुगेको छ । हरियो प्याज १४० रुपैयाँ प्रतिकेजी छ ।

एक किलो घिउ सिमी किन्न ११० र तितेकरेला १२० रुपैयाँ खर्चिनुपर्छ । गाजर पनि किलोको १३० रुपैयाँ भएको छ । कालिमाटी बजारमै परवर ८० रुपैयाँ पर्छ भने हरियो फर्सीको मूल्य ७० रुपैयाँ पुगेको छ ।

भिण्डीको मूल्य सय रुपैयाा प्रतिकेजी छ भने पालुंगो र चमसुरको साग कािलेको ११० रुपैयाँमा बिक्री भइरहेको छ । कागतीलाई केहीको ६ सय रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

भेडेँ खुर्सानी किलाको १३० रुपैयाँ पर्छ भने हरियो लसुुनको मूल्य किलोको १७० रुपैयाँ छ । हरियो धनियाँ किलोको ३९० रुपैयाँ पुग्दा हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

कालिमाटी बजारमा च्याउ किलोको २ सय रुपैयाँमा बिक्री भइरहेको छ । ब्रोकाउली प्रतिकेजी १३०, चुकन्दर ९०, जिरीको साग ११०, पार्सले १२० रुपैयाँ पुगेको छ ।

कालिमाटी बजारमा काठमाडौंकै सबैभन्दा सस्तो तरकारी पाइन्छ । यहाँबाट नै खुद्रा विक्रेताले लगेर विक्री गर्ने भएकाले अन्य क्षेत्रमा तरकारीको मूल्य योभन्दा उच्च हुन्छ ।

रायोका साग नै मुठाको ५० भन्दा बढी तिरिरहेका छन्, उपभोक्ता । आलूकै मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।

 

कृषि उपज अधिकतम
गोलभेडा ठूलो ११०
गोलभेडा सानो १२०
अालु रातो ७०
अालु सेतो ५०
प्याज सुकेको ९०
गाजर १३०
बन्दा ९०
काउली स्थानिय ११०
मूला सेतो ४०
भन्टा लाम्चो ८०
भन्टा डल्लो ८०
बोडी १३०
मटरकोशा १३०
घिउ सिमी ११०
तितो करेला १२०
लौका ६०
परवर ८०
फर्सी पाकेको ४०
फर्सी हरियो ७०
भिण्डी १००
बरेला ६०
पिंडालू ६०
स्कूस २५
रायो साग ७०
पालूगो साग ११०
चमसूरको साग ११०
तोरीको साग ७०
मेथीको साग ११०
प्याज हरियो १४०
तरुल ७०
च्याउ २००
ब्रोकाउली १३०
चुकुन्दर ९०
जिरीको साग ११०
सेलरी १२०
पार्सले १२०
सौफको साग ११०
पुदीना १२०
गान्टे मूला ७०
इमली १३०
तामा १५०
तोफु ९०
गुन्दुक २००
स्याउ १२०
केरा ७०
कागती ६००
अनार २००
सुन्तला ८०
तरबुजा ७०
मौसम १००
भुर्इ कटहर ११०
काक्रो ४०
नासपाती ११०
मेवा १००
लप्सी ६०
अदुवा ७०
खु्र्सानी सुकेको २५०
खु्र्सानी हरियो ९०
भेडे खु्र्सानी १३०
लसुन हरियो १७०
हरियो धनिया ३९०
लसुन सुकेको चाइनिज २५०
लसुन सुकेको नेपाली २५०
छ्यापी सुकेको २२०
माछा ताजा २६०

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी