२२ कात्तिक,गोरखा । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदातालाई ‘पैसा बाडेको’ भन्दै केही फोटोहरु सामाजिक संजालमा भाइरहल भएका छन् ।
पत्रकार सुनिल खड्काले सार्वजनिक गरेको एउटा फोटो निकै भाइरल भएको छ । बारपाकको पोखरीमा घरदैलोको क्रममा फोटो खिचिएको बताइएको छ ।
फोटोमा एक वृद्धसँग श्रेष्ठले नमस्कार गरिरहेका छन् । वृद्धले काखमा पैसा राखेर मुस्कुराउँदै नमस्कार फर्काएको देखिएको छ । दुई नोट प्रष्टै देखिएका छन् । एउटा ५० रुपैयाँ र अर्को हजार वा पाँच सयजस्तै देखिन्छ । तर, वृद्ध मतदाताको काखमा भएको रुपैया नेता श्रेष्ठले दिएका हुन् भन्ने कुनै आधार भने छैन । उक्त रुपैयाँ वृद्धको आफ्नै पनि हुन सक्छ ।
नेता श्रेष्ठले मतदातलाई रुपैयाँ बाडेको भन्ने भनाईको पत्रकार खड्काले खण्डन गरेका छन् । वृद्धको काखमा भएको ५० को नोट हो तर श्रेष्ठले नदिएको पत्रकार खड्काले संचारमाध्यमहरुलाई बताएका छन् ।

त्यस्तै अर्को फोटो पनि भाइरल भएको छ । उम्मेदवार श्रेष्ठले एउटा मतदाता महिलालाई दैलोमै पुगेर नमस्कार गरेका छन् । नमस्कार फर्काउने महिलाको हातमा कागजजस्तै बस्तु देखिएको छ । उक्त फोटो श्रेष्ठको नममा बनाइएको फेसबुक पेजमा पनि पोष्ट गरिएको छ ।
सामाजिक संजाल प्रयोगकर्ताको दाबीअनुसार नै श्रेष्ठले मतदातालाई रुपैयाँ बाँडेका हुन भने राम्रो काम होइन ।