प्रचण्ड समुहको अस्तित्व रक्षा गर्न वालकृष्णहरुको वलि – समीर यात्री

प्रचण्ड समुहको अस्तित्व रक्षा गर्न वालकृष्णहरुको वलि – समीर यात्री

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

जनयुद्धका प्रस्तावरुको परित्याग र उपलव्धिहरुको लिलाम विक्रि गर्दै सामा्रज्यवादको चुत्थो नोकरको रुपमा पतन भएको प्रचण्ड समुह यतिवेला आफनो अस्तित्व रक्षाको चरम संकटवाट गुज्रिरहेको छ । आफनो स्वतन्त्र अस्तिव्व धान्न्न नसक्ने भएपछि वाम एकताको रोइलो मच्च्याउदै यो समुह एमालेमा विलय हुने वाध्यात्मक निष्कर्षमा पुगेको छ । नेपाली क्रान्तिलाई विर्सजन गरेर दलाल संसदवादको भरीया वन्न पुगेको प्रचण्ड समुह सामा्रज्यवादको आसिर्वाादमा सत्ताको केन्द्रमा ढलिमलि गरिरहन चाहन्थ्यो । त्यसको निमित्त यो समुहले दुई वटा प्रयत्न गरयो । एक,आफुहरुले क्रान्तिको वाटो र विचार पुर्णरुपले त्यागेको विश्वास देशी विदेशी प्रतिक्रियाहरुवादी र सामा्रज्यवादी लुटेराहरुलाई दिलाउने प्रयत्न । त्यसका लागि जनमुक्ति सेना र हतियार वुझाउने काम गरियो । जनताको क्रान्तिकारी आन्दोलनद्धारा र्निमित जनसत्ताहरु विघटन गरियो । प्रतिक्रियावादी संविधान लादेर देशलाई दलाल संसदीय व्यवस्थातिर फर्काउने घोर प्रतिक्रान्तिकारी षड्यन्त्र अन्त्रर्गत चुनावको नौटकि जारी छ ।

सामा्रज्यवादलाई रिझाउनका लागि प्रचण्ड समुहले क्रान्तिकारी पार्टी र जनमुदायमाथि मच्चाएको फासिवादी दमन , हत्याकाण्ड हामी सवैले भोगेका छौ । आज जनयुध्दका हाोनहार योद्धा कमरेड वालकृष्ण ढुंगेललाई वलि चढाउनु यसै श्रृंखलाको पछिल्लो कडि हो । द्वन्दकालिन घटनाको मुद्दामा अनाधिकृत रुपले प्रवेश गरेको पुरानो अदालतको फैसला आफैमा संक्रमणकालिन न्यायको सिद्धान्त प्रतिकुल हुदाहुदै पनि पुष्पकमलकै योजनामा वालकृष्ण जेल कोचिनुको रहस्य गम्भिर छ । द्ेवि देवतालाई खुशिपार्न पशू वलि चढाए जस्तै पुष्पकमलले साम्राज्यवादी मालिकहरुलाई खुशि पार्न आफ्नै कार्यकर्तालाई वलि चढाएका छन । म पुरानै सत्ता व्यवस्था र कानुनभित्र रहन प्रतिवद्ध भएं, यस अर्थमा म प्रभुहरुको निगाह पाउन लायक छु भन्ने पुष्पकमलको यो वलि चढाईको सन्देश हो ।

यसको अरु आन्तरिक कारण पनि छन, पुष्पकमल द्धारा वार्गेनिंगमा प्रहरीप्रमुख वनाइएका तेसा्रे वरियताका व्यतिm प्रकाश अर्यालको वाध्यात्मक संरक्षणको निम्ति वालकृष्णलाई वलि चढाउन परेको हो । वालकृष्णलाई पक्राऊ नगरेको भन्दै सर्वाैच्चले प्रकाश अर्यालमाथि कावार्हि अगाडि वढाएपछि अर्यालको दवाव पुष्पकमलमाथि खनिईयो । अर्याललाई नजोगाए पुष्पकमलहरु समेत फस्ने खतरा आईलागे पछि वालकृष्णलाई वलिमा चढाएर उनिहरुल््े आफुलाई जोगाएु । यसले प्रचण्ड समुहको पतनकै पराकाष्टालाई पुष्टि गरको छ । यसको अतिरितm द्वन्दकालिन घटनामा वालकृष्णलाई आफैले अपराधि सावित गरेको दे्खाएर पुष्पकमलले आफनो चुनावि विजयको आधार निर्माण गर्न खोेजेका हुन । छोरीलाई मेयर वनाउनका लागि केहि समय कांगे्रस वनेका पुष्पकमलाई चितवनमा कांग्रसले दिएको झापडको भुत मन्छाउन ठृलो चुनौति वनेकै वेला उनले अफनो चुनावि पराजयको आतंकलाई टार्न वालकृष्णको वलि चढाए ।

यसो गर्नुको उद्देस्य एकातिर चितवन कांग्रेसलाई रिझाउनु रहको छ भने अर्कोतिर वांदरमुढे घटनाका दोसिलाई जेल हालिन्छ भन्न्ो सन्देश प्रवाह गरेर मत वटुल्ने माखेदाउ मात्र हो । दुई, मालेमावादी सिद्धान्त , विचार ,आदर्श र ध्ययवाट च्युत भईसकेका पुष्पकमल र उनको समुहको राजनितिलाई निदेर्शित गर्ने यतिवेला तिन वटा तत्व छन ,अख्तियार ,हेग र गांठ । क्रान्तिवाट भागिसकेपछि पुष्पकमललाई अख्तियार र हेग को आतंकले झनै वेचैन वनाएको छ ।

क्रान्ति वेचेर पाएको सत्ता र सुविधामा चैनकासाथ वाच्ने सपना वोकेर भागेका पुष्पकमलको निरीहता आज दयनिय हालत मा पुगेको छ । उनिहरुको आत्मसर्मपण पश्चात पनि नेपाली क्रान्ति प्रक्रिया पुनह संगठित रुपले अघि वढन थाले पछि साम्राज्यवादीहरुको दैलोमा पुष्पकमलको भाउ गिर्न पुगेको हो । एकातिर अख्तियार र हेगवाट वाच्नका लागि पुष्पकमलहरुसंग सौदावाजिको कुनै आधार वाकि नरहनु र अर्काेतिर पुष्पकमलहरुको वजार पनि खुम्चिदै जानुको कारण यो समुहको पतन आश्चर्यजनक रुपले वढेर गएको छ । अव यो समुहको अगाडि एउटै उपाय वाकि छ त्यो हो , हरपल सत्ताको केन्द्रमा रहनु र त्यसैको भरमा आफुलाई सुरक्षित गर्नु । यो स्थितिले पुष्पकमलहरुलाई भयंकर असंगतिपुर्ण मनोदशामा पुरयाउनु स्भाविक छ ।

कहिले मोदिको टांगमुनि छिरेर घोर राष्ट्रघाति सहमति गर्न,कहिले शेरवहादुरको फेरो समातेर रुखमा छाप लगाउनु र कहिले केपि वलिको टांगमुनि टाउको लुकाएर कथित वामएकता, वाम गठवन्धनको रोईलो मच्याउनु यो समुहको असंगतिपुर्ण मनोदसाकै उपज हुन । यसको एउटंै कारण हो ,अस्तित्व रक्षाको छटपछाहट । यसको एउटै उद्देश्य हो, जे गरेर भए पनि सत्तामा टांसिएर आफनो अस्तित्व धान्ने । शेरवहादुरले लात हानेर निकालेका पुष्पकमल समुहका सत्र थान मन्त्रीहरु अहिलेसम्म निर्लज्जतापुर्वक सिंहदरवारको दैलो ढुकेर वसिरहनुले यसै कुराको पुष्टि गर्दछ ।

पुष्पकमल मण्डलिको यो घोर गद्धारी र दयनिय पतनको सामु त्यहांभित्रको ठुलै हिस्सा निरीह वनेर वस्नुले त्यस समुहको वैचारिक दरिद्््रता, सैद्धान्तिक टाटपल्टाई र सांस्कृतिक स्खलनलाई नै पुष्टि गर्दछ । भ्रष्ट ,गुण्डा, तस्कर,चाकडिवाज,लोभिपापि र दलालहरु प्ुाष्पकमल मण्डलिको लागि प्रिय वन्नु र ईमान्दार,त्यागि र स्वाभिमानी नेता कार्यकर्ताहरु पाखा लगाईनु यो समुहको दलाल संसदवादी चरित्रकै परिणाम हो । भ्रष्ट, तस्कर,गुण्डा,कमिशनखोर,दलाल,ठेकेदार,चाकडिवाज र लोभिपापिहरुको निकृष्ट झुण्डमा पतन भएको पुष्पकमल समुहभित्र अव ईमान्दारहरुको भविष्य सुरक्षित छैन भन्ने कुरा र्छलग छ । तर र्दुभाग्यपुर्ण कुरा के छ भने ईमान्दार भनिनेहरुमा पनि आलोचनात्मक चेत र स्वाभिमानी आचरणको अभाव देखिन्छ । उनिहरुमा पुष्पकमललाई रिझाउनुमै आफनो भविस्य सुरक्षित देख्ने दरिद्र चिन्तनले काम गरेको छ । यहि दरिद्र चिन्तनको दोहनमाथि पुष्पकमलको अस्तित्व टिकिरहेको छ ।

हिजो शु्ेरवहादुको लगांैटि समातेर पुष्पकमलले आफनो छोरीलाई मेयर वनाए । कार्यकर्ताहरु आफनो आस्थाको चुपचाप हत्या गर्दँै रुखमा छाप लगाउन पुगे तर कसैले यो गलत भयो भन्ने आंट गरेन । आज पुष्पकमलले कुनै समय आफैले प्रतिक्रियावादी घोषणा गरेको एमालेमा विलय हुने निष्कर्षमा पुग्दा पनि कुनै नेता कार्यकर्ताले त्यसप्रति प््रश्न उठाउने औकात देखाएनन, वरु कथित वाम एकताको स्यालहुइया मच्याउदै केपिकै भजनर्कितनमा लम्पट हुन पुगे । अझ वाम गठवन्धन लाई जितायएर यहि दलाल संसदिय व्यवस्थामा चुनाव माफर्त समाजवाद ल्याउने पातकि हल्ला मच्याउदै हिडेका छन । पुष्पकमल समुहको यो लिला भ्रष्टिकरण , दलालीकरण र प्रतिक्रियावादीकरणको कुरुप नमुना हो । आज देशको राजनिती तिव्र रुपले धु्र्रवकृत हुदै गईरहेको छ ।

दलाल संसदवादीहरु चुनावको नौटकि मार्फत प्रतिक्रियावादी सविधान कार्यान्वयन गर्दै नेपाली जनता माथि पुरानै सत्ता फर्काएर लादन गईरहेका छन । उनिहरुको यो र्हकत नेपाली जनताको वलिदानीपुर्ण सघर्ष र मुक्तिको आकांक्षा विरुद्ध प्रतिक्रान्तिकारी अपराध हो । यसका विरुद्ध नेपाल कम्युनिष्ट पार्र्टीले प्रतिक्रियावादी सत्ता, संविधान ,र त्यस अन्र्तगतको चुनावि नौटकिलाई खारेज गर्दैै राष्ट्रिय स्वधिनता र जनमुतिmको झण्डा उठाई रहेको छ ।

एकिकृत जनक्रान्तिमार्फत मानव समाजको सवातर््ेतम सभ्यता वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र वास्तविक अर्थमा नेपाल र नेपालीको भविष्य सुरक्षित हुन सक्दछ । आफु वाच्नका लागि क्रान्तिका योद्धा वालकृष्णको वलि चढाउने पतित पुष्पकमलहरुको लम्पसारवादी चिन्तनवाट होईन ,अधिकार र मुतिmको निमित्त हजारौ वालकृष्ण वन्ने साहस र दृष्टिकोणवाट मात्र वैज्ञानिक समाजको प्राप्ति संभव छ ।।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी