राजेन्द्र महत्वको चेतावनी , विमलेन्द्र निधीलाई ब्यालेटले सहिद बनाईदिन्छौँ ’

राजेन्द्र महत्वको चेतावनी , विमलेन्द्र निधीलाई ब्यालेटले सहिद बनाईदिन्छौँ ’

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

धनुषा, २२ कार्तिक ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यस पटकको चुनावमा हराएर ठूलो सबक सिकाउने दाबी गर्नुभएको छ ।

धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका महतोले यसपटकको सम्पूर्ण जनताको मत मधेश बिरोधिलाई नभएर आन्दोलनको पक्षमा आउनुपर्ने बताउनु भयो ।
रपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा आयोजना गरेको चुनावी साक्षात्कारमा महतोले भन्नुभयो , आन्दोलनमा सहभागी भएका सम्पूर्ण जनताले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेलाई हराएर पठाउनुपर्छ।’

साक्षात्कारमा बोल्दै नेता महतोले विगतमा मधेश आन्दोलनका विरुद्ध सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसे पनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले जवाफ दिने बेला आएको स्पष्ट पार्नुभयो ।

मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाइको हत्या भएको भन्दै महतोले अब त्यसको पनि हिसाबकिताब जनताले दिनेबेला आएके बताउनु भयो ।

मधेशी जनताको विरुद्धमा जारी भएको संविधान स्विकार्य नभएको भन्दै उहाँले काग्रेसका शिर्ष नेताले नै संविधानमा हस्ताक्षर गर्न बाध्य पारेको बताउनु भयो ।

उहाँले पार्टी नेतृत्वको सल्लाह र आम मधेशी जनताहरुको मागअनुसार नै आफू धनुषामा चुनाव लड्न आएको पनि स्पष्ट पार्नुभयो ।

भोलि मधेशविरोधी नै चुनाव जितेर गए भने मधेश आन्दोलन गलत थियो भन्छन् उहाँले भन्नुभयो , त्यसैले जनता सतर्क छन्। यो पटक जनताको हातमा बन्दुक छ। त्यो बन्दुक भनेको ब्यालेट हो। बुलेटभन्दा पनि ब्यालेट नै तागददार छ। ब्यालेटले सहिद बनाईदिन्छौँ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ