नाम बर्षमान पुन, काम रोल्पामा अरुलाइ थुन !

नाम बर्षमान पुन, काम रोल्पामा अरुलाइ थुन !

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ , २२ कार्तिक ।
जनसेनाका कमान्डर बर्षमान पुन माओवादी भित्र खेलाडीका रुपमा उदाएका छन् । प्रचण्डका समकालीन मोहन बैध्य , बाबुराम बाहिरिए पछि बर्षमान पुन अझ प्लयेर हुन सफल रहे । नारायणकाजी पछि एकतामा आएकोले पार्टी भित्र ब्यबहारिक हैसियत कमजोर छ । राम बहादुर थापा बादल फुटेर फेरि आएकाले कमजोर छन् । कृष्ण बहादुर महरा तुलनात्मक रुपमा सिधा भएका कारण पुन प्रचण्डको निर्णयमा भित्री रुपमा दबाब बनाउन सफल हुन थालेका छन् ।
ऊनी एकातिर पार्टी भित्र र अर्कोतिर राजनीतिक लाभका पद हात पार्न माहिर हुँदै गएका छन् ।
उनी खास गरि रोल्पाको राजनितिमा आफू हाबी हुन खोज्दै छन् । अर्थ मन्त्री भएपछि २०७० को चुनाबमा आफू ब्यापारीहरुसङ्ग राम्रो सम्बन्ध भएको महसुस गरि मोरङ आएपनी जित्न सकेनन् । तेहि बेला रोल्पाबाट जितेर आउन चाहेका नन्दकिशोर पुनलाइ त्यँहा नभै उपत्यका सार्न बाध्य बनाएको चर्चा चल्यो । किनकी श्रीमती ओनसरी घर्ती लाई रोल्पामा उठाउनु थियोे । यो खेलले नन्दकिशोर पाखा लागे । घर्ती सभामुख हुन सफल बनिन् ।
६४ मा ओनसरी ललितपुर बाट समानुपातिक सांसद थिइन । तेस पछि रोल्पाका माओवादी नेताकार्यकर्ताका गुरु महराको बाटो थुन्न पुन सफल भए । महरा आफु रोल्पामा उठाउनुपर्नेमा थिए । तर पुन ले नछाड्ने भएपछि बाध्री भएर दाङ झरेका छन् ।
महराले रोल्पाबात आफू बाहिर जानुमा बर्षनानको हात छ भन्ने महसुस गर्छन् भन्ने कुरा रोल्पाको आफ्नै जग्गा दिएर खोलेको प्राबिधिक बिद्यालयको उद्घाटनमा महराले पुनका लागि मत मागेनन । तर अरु कुल प्रसाद लगायत लाई मागे । सो कार्यक्रममा पुन गएनन
महरालाइ स्वागत र बिदाइ गर्ने कार्यक्रममा पनि पुन गएनन् ।
उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थाले पनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’  उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’

उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए ।

पुन अहिले रोल्पाका उम्मेदवार हुन । यसरि रोल्पाको राजनीतिक पोलार आफ्नो हातमा आउदा जनजातिको समेत पृष्ठभुमि को बलमा भबिस्यमा प्रधानमन्त्री हने अभिलासा पुन भित्र जागेको आकलन सोही पार्टी भित्रका नेताले गर्न थालेका छन् ।
नन्दकिशोर उप रास्ट्रपति भएकाले सांसद हुने छैनन् अब भने महरा र नारायनकाजी र बादल रिङ बाहिर पुगे र माओवादी सत्तामा पुग्ने अवसर पाए प्रचण्ड पछि पुन हाबी हुने छन् । तेस पछि मात्र जनार्दन शर्माको नाम आउने चर्चा सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ