वाम गठबन्धनको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 30.9K
    SHARES

काठमाण्डौ, २१ कार्तिक ।
आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

‘स्वच्छ निर्वाचन ,लोकतन्त्रको आधार ः सुशासन र समृद्धिका लागि वामपन्थी सरकार’ नारासहित आगामी ५ वर्षमा गर्ने काम समेटेर गठवन्धनले प्रदेश र प्रतिनीधिसभाका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

वामपन्थी तालमेल र पार्टीको एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भन्दै विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रूपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा गरिबीको रेखामुनी रहेकाको संख्या १० वर्षमा शुन्यमा झार्ने, प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने र १० वर्षमा मुलुकमा २० हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकांक्षी योजना समावेश गरिएका छन् ।

एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा गठित घोषणापत्र निर्माण कार्यदलले आगामी २५ वर्षमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा र्पुयाउने गरि विकासका योजना र कार्यक्रम समावेश गरेको छ ।

विद्यमान औद्योगिक क्षेत्रहरूलाई आधुनिकिकरण गर्दै १० वर्षमा १० लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने उद्योगहरु स्थापना गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

५ वर्ष भित्र पूर्वपश्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण घोषणापत्रमा गरिएको छ ।

यस्तै हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ ।

घोषणापत्र संयुक्त रुपमा सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि आपसमा मिलेर जानुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ ।”

नेता ओलीले दुनियाँले पत्याउनसमेत गाह्रोपर्ने गरी काम गर्दै आएका दुई पार्टीले तयार गरेको घोषणापत्र भएकाले प्रतिस्पर्धामा उत्रन र सही विचार नलिनेका लागि सहन गाह्रो पर्न सक्ने जिकिर गर्नुभयो ।

उहाँले नेपालका दुवै छिमेकी भारत र चीनसँगको समदूरीको सम्बन्धलाई विकास गर्ने बताउँदै राष्ट्र निर्माण र सन्तानको भविष्य बनाउने कुरामा कोही पनि जिम्मेवारीबाट पछि हट्न नहुने बताउनुभयो ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घोषणा पत्रले मुलुकलाई विकासको बाटोमा र्डोयाउने उल्लेख गर्नुभयो ।

गठबन्धनको साझा घोषणापत्रमा मिडियामा विदेशी लगानी निषेध गर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रको ‘सूचना प्रविधि र प्रेस स्वतन्त्रता’ शीर्षकको पहिलो बुँदामै मिडियामा विदेशी लगानी निषेध गर्ने उल्लेख गरिएको छ। ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’ लागू गरिनेछ। आमसञ्चारमाध्यमलाई निष्पक्ष, व्यावसायिक, उत्तरदायी र जिम्मेवार उद्योगका रूपमा विकास गरिनेछ’, उक्त बुँदामा प्रष्टसँग भनिएको छ, ‘मिडियामा प्रत्यक्ष वा परोक्ष रूपमा विदेशी लगानी निषेध गरिनेछ।’

 

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/11/House-n-Province-election-manifesto22-1.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी