प्रचण्डका स्वकीय सचिव काँग्रेसमा प्रवेश : भन्छन् ,देउवा जिताउने अभियानकाे नेतृत्व गर्छु

प्रचण्डका स्वकीय सचिव काँग्रेसमा प्रवेश : भन्छन् ,देउवा जिताउने अभियानकाे नेतृत्व गर्छु

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२१ कात्तिक,धनगढी । चुनाव नजिकिँदै जाँदा दल परिवर्तनको क्रम पनि जारी छ । ७ नम्बरका विभिन्न जिल्लाहरुमा दल परिवर्तन समाचार आइरहेका छन् । धेरै ठाउँहरुमा नयाँ शक्ति छोडेर एमाले र माअाेवादी केन्द्रमा प्रवेश गरिरहेका छन् ।

यसैबीच माओवादी केन्द्रबाट निर्वाचित एक जना जनप्रतिनि नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गन्यापधुरा गाउँपालिकाका वडा अध्यक्ष चेतराज भट्ट सोमबार काँग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै माओवादी केन्द्रका सक्रिय एक दर्जन नेता कार्यकर्तालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गरे । डडेल्धुराबाटै उम्मेदवार बनेका प्रधानमन्त्री देउवालाई जिताउन भन्दै भट्टको नेतृत्वमा माकेका नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भट्ट स्वकीय सचिवालयमा थिए । उनी स्थानीय निर्वाचनमा गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत रहेका भट्टले देउवा जिताउ अभियानको नेतृत्व गर्ने बताए । लामो समयसम्म माओवादी केन्द्रका नेता उम्मेदवार खगराज भट्टको नजिक रहेर काम गर्दै आएका थिए तर चुनावको मुखमा काँग्रेसमा प्रवेश गरे । गन्यापधुरामा राम्रो सम्बन्ध भएका भट्ट काँग्रेसमा प्रवेश गरेपछि माओवादी केन्द्रलाई ठूलै झट्का लागेको छ ।

त्यस्तै भट्टसँगै वाइसिएलका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत, गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ