जहाँ कहिलै पुग्दैनन् उम्मेदवार : ४८ सालदेखि उम्मेदवार नपुगेका ठाउँ !

जहाँ कहिलै पुग्दैनन् उम्मेदवार : ४८ सालदेखि उम्मेदवार नपुगेका ठाउँ !

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २१ कात्तिक । सुगम मानिने कैलालीमा दर्जनौं यस्ता दुर्गम गाउँ छन् जहाँ संसदीय चुनावमा मत माग्न उम्मेदवार गाउँ पुगेको धेरैलाई सम्झना छैन ।

जिल्लाको पहाडी क्षेत्र चुरेमा पर्ने २ दर्जनभन्दा बढी यी गाउँका बासिन्दाले अहिलेसम्म कुनै पनि चुनावमा आफुले मत दिएका उम्मेदवारलाई भेट्न पाएका छैनन् ।

पहाडी क्षेत्र पर्ने चुरे र मोहन्याल गाउँपालिकाका अधिकांश क्षेत्रमा २०४८ यताका चुनावमा उम्मेदवार मत माग्न पुगेका छैनन् ।

सविकाका ८ पहाडी गाविस मिलाएर बनेका २ गाउँपालिकाका पर्ने यी क्षेत्रबारे उम्मेदवारहरुलाई जानकारीसमेत छैन ।

४२ बर्षको भए तर चुनावमा अहिलेसम्म कुनै उम्मेदवार गाउाँमा मत माग्न आएको सम्झना छैन, साविक सुंगरखालका व्यवासयी डम्बरबहादुर साउनले भने,धेरैजसो उम्मेदवारलाई चुरे क्षेत्रकायी गाउँका विषयमा जानकारीसमेत छैन ।-कान्तिपुर दैनिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ