२० कात्तिक,चितवन । चुनावी प्रचार अभियानको क्रममा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै अगाडि पार्टीका वरिष्ठ नेतालाई मतदाताले कठालो समातेर घोक्र्याएका छन् ।
सोमबार पार्टी अध्यक्ष प्रचण्डसँगै शेरचन चितवनको चनौली बजारमा पुगेका थिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता शेरचनलाई चनौली निवासी पुराना कम्युनिस्ट नेता धनकाजी गुरुङले शेरचनलाई प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याएका हुन् ।
२०२६ सालमा ‘इन्टरनेशनल पब्लिकेशन प्रा.लि.’ खोल्नका लागि शेरचनले गुरुङबाट २० हजार रुपैयाँ नगद लिएको र संस्था नखोल्ने, रकम पनि फिर्ता नगर्ने गरेपछि पटक–पटक आफ्नो रकम फिर्ता गर्न दबाव माग्दा पनि शेरचनले दिएका थिएनन् । उक्त कुरा माकेका नेता बादलसम्म उजुरी पुगेको थियो तर शेरचनले गुरुङको रुपैयाँ फिर्ता गर्ने भन्दापनि छल्दै आएका थिए ।
सोमबमार विहान १० बजे सो घटना भएपछि गुरुङलाई चनौली प्रहरीले पक्राउ गरेको थियो । सो सम्बन्धमा चितवनका डीएसपी शिव शर्मा आचार्यले शेरचनमाथि आक्रमण र पक्राउको घटना नभएको बताए । गुरुङलाई पक्राउ पुर्जी नदिएको र बदनाम हुने डरले घटना गुपचुप राख्न खोजेको पीडित गुरुङले बताएका छन् ।
प्रहरी चौकीमा गुरुङलाई भेट्न स्थानीय माके नेताहरु शारदानगरका सुरेन्द्र गुरुङ र दिव्यनगरका ज्ञानप्रसाद पुगेका थिए । घटनापछि चितवन बामगठबन्धनका संयोजकसमेत रहेका शेरचन ‘मुडअफ’ भएका र सभामा बोल्नसमेत नसकेको बताइएको छ ।