चुनावी अभियानकै क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै सिंहले पत्रकार मिश्रले पश्चिमाहरुको डलर खाएर राजतन्त्रको पक्षमा कलम चालाएको आरोप समेत लगाए । उनले मिश्रले कमल राजसंस्थामा छोपेर शब्द लेखेको सबैले देखेको बताए ।
नेता सिंहले पश्चिमाहरुकै डिजाइनमा मिश्र निर्वाचनमा आएको दाबी गर्दै मतदातालाई सर्तक रहन आग्रह समेत ।
सिंहले लगाएको गम्भीर आरोपबारे मिश्रले केही बताएका छैनन् । तर, राजावादी र डलरवादीको आरोपले मतदाताहरुमा भने तरंग ल्याएको छ । वानेश्वरका चिया–चौतारीमा मिश्र र उनीमाथि लागेका गम्भीर आरोपबारे मतदाताहरुले चर्चा गरिरहेका छन् ।