२० कात्तिक,काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट सिद्धान्त बेचेर खाएका समूह भएको बताएका छन् । उनले दुबै पार्टी वामपन्थी नभएर दक्षिणपंथी भएको समेत बताए ।
सोमबार विहान एक संचारमाध्यमसँगको कुराकानीमा अध्यक्ष वैद्यले एमाले अध्यक्ष ओली र माके अध्यक्ष प्रचण्ड दुबै नेता अबसरवादी भएको बताउँदै गठबन्धन अवसरवादीहरुको मिलन भएको बताए ।
अन्तरवार्ताको क्रममा अध्यक्ष वैद्यले ओली र प्रचण्ड दुबै भारतीय दलाल भएको आरोप समेत लगाए । उनले आफूसँग प्रमाण भएको दाबी समेत गरे । आवश्यक परेको बेला प्रमाण सार्वजनिक गर्ने वैद्यको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline