काठमाडौं, कात्तिक २० । तनहुको कांग्रेस को राजनीतिमा यसपटक कालो बादल लाग्ने हो कि भन्ने चिन्ता कार्यकर्ताले गर्न थालेका छन् ।
९ पटक सम्म प्रधानमन्त्री पदमा भिडन्त गर्दा पनि असफल भएका तथा पार्टी सभापति पनि हुन नसकेका रामचन्द्र पौडेल यश पटक गोभिन्दराज जोशीका कारण धरापमा पर्दै छन् ।
भ्रष्टाचारको सजाय पाएका जोशीले टिकट मागे पनि पार्टीले नदिएपछि बागी उठेका थिए । तर पौडेलले उजुरी आयोगमा दिए पछि जोशिको उम्मेदवारी रद्द भयो ।
यसैको बदला लिन जोशीले वाम गठबन्धन लाई सघाउने र पौडेलको जमानत जफत गर्ने खेल सुरु गरे पछि पौडेल तनाब मा परेका छन् ।
पौडेल यस पटक प्रधानमन्त्री या रास्ट्रपति मध्य एक हुने सुरमा थिए ।
उनी एकातिर बाम गठबन्धन र अर्कोतिर पार्टीकै नेता जोशीको असहयोग का कारण मारमा पर्ने देखिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline